Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्कको सदस्यमा मदन भण्डारी मनोनित

कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्कको सदस्यमा मदन भण्डारी मनोनित

  • 2.2K
    SHARES

  • कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्कको सदस्यमा मदन भण्डारी मनोनित

    गुल्मी,चैत २५ ।

    नेपाली कांग्रेसले देशैभरीका स्थानीय तह निर्वाचनका लागि केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेको छ । केन्द्रीय युवा प्रचार नेटवर्क उपसमितिमा नेवी संघ पुर्व केन्द्रीय सदस्य एबम लोकतान्त्रिक विद्यार्थीहरुको अन्तर्राष्ट्रिय संस्था IUSY का उपाध्यक्ष मदन भण्डारी सदस्यमा मनोनित भएका छन ।  

    अन्तर्राष्ट्रिय स्तरमै लोकतान्त्रिक मूल्य र मान्यता बुझेका भण्डारी विद्यार्थीहरुका पाका अभिभावक समेत हुन । नैनसिंह महरले नेवीसंघको नेतृत्व गरेको समयमा खरो र ओजिलो विद्यार्थी नेताका रुपमा भण्डारी रहेका थिए । 

    कांग्रेस स्थानीय तह केन्द्रीय प्रचारप्रसार समितिका संयोजक डा।प्रकाशसरण महतले गोबिन्द भट्टराईको संयोजकत्वमा बुधबार उक्त उपसमिति गठन गरेका हुन् ।

    २२ चैतमा बसेको समितिको निर्णयअनुसार ७७ वटै जिल्लामा सदस्य रहनेगरी उपसमिति गठन गरिएको कांग्रेसले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology