Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

तत्काल उम्मेदवार सिफारिस नगर्न मातहतका कार्यसमितिहरुलाई कांग्रेसको निर्देशन 

तत्काल उम्मेदवार सिफारिस नगर्न मातहतका कार्यसमितिहरुलाई कांग्रेसको निर्देशन 

  • 2.7K
    SHARES

  • तत्काल उम्मेदवार सिफारिस नगर्न  मातहतका कार्यसमितिहरुलाई कांग्रेसको निर्देशन 

    काठमाडौं,चैत्र २२।

    नेपाली कांग्रेसले तत्काल उम्मेदवारको टुंगो नलगाउन मातहतका कार्य समितिहरुलाई सर्कुलर गरेको छ । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीका वडा समितिहरुले सिफारिस गरिसकेको छ ।

    कतिपय वडा, पालिका, क्षेत्रीय र जिल्ला कार्यसमितिहरूले छलफल अगाडि बढाइरहेका बेला कांग्रेसले मौखिक रुपमा सर्कुलर गरेको हो ।

    उम्मेदवार सिफारिससम्बन्धी कामहरु तत्कालका लागि यथास्थितिमा राख्न निर्देशन दिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । गठबन्धनलाई वडा तह सम्म पुर्याउनका लागि तत्काल उम्मेदवारहरुको सिफरिस नगर्न भनेको कांग्रेस कार्यालय श्रोतको भनाइ छ । यसअघि उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ मातहतलाई परिपत्र गरेर उम्मेदवार टुंग्याउने समयावधि तोकेको थियो।

    जसअनुसार वडा कार्यसमितिले चैत २१ र पालिकाले चैत २३ सम्म उम्मेदवार टुङ्ग्याएर नामावली बुझाउन निर्देशन दिइएको थियो ।  यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमितिले चैत २७, जिल्ला कार्यसमितिले चैत २९ र प्रदेश कार्यसमितिलाई वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउन भनिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology