Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

चोरीको अभियोगमा प्रहरी हिरासतमा रुद्रले घाँटी रेटेर गरे आत्महत्याको प्रयास

चोरीको अभियोगमा प्रहरी हिरासतमा रुद्रले घाँटी रेटेर गरे आत्महत्याको प्रयास

  • 2.7K
    SHARES

  • चोरीको अभियोगमा प्रहरी हिरासतमा रुद्रले  घाँटी रेटेर गरे आत्महत्याको प्रयास

    बुटवल,चैत्र २२ ।

    बुटवलमा चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका एकजना घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् ।

    तामाको तार चोरीको अभियोगमा बुटवल स्थित वडा प्रहरी कार्यालयको हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।

    बुटवल औद्योगिक क्षेत्र र बिभिन्न स्थानबाट तामाका तारहरु चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिवार नेपालीलाई कवार्डखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

    शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएका थिए । नेपालीले आत्महत्याको प्रयास गरेको भए पनि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले नागरिक अनलाइनलाइ बताए ।

    हिरासतभित्रै घाँटी रेटिनु शंकास्पद र गम्भीर भएको भन्दै नेपालीका आफन्त मानकुमारी सार्कीले घटनाको छानबिन हुनुपर्ने माग समेत गरेकी छिन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology