Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

उदयपुरमा ढुङ्गा प्रहार गरेर १० कक्षामा अध्ययनरत कविताको हत्या

उदयपुरमा ढुङ्गा प्रहार गरेर १० कक्षामा अध्ययनरत कविताको हत्या

  • 1.5K
    SHARES

  • उदयपुरमा  ढुङ्गा प्रहार गरेर १० कक्षामा अध्ययनरत कविताको हत्या

    उदयपुर ,चैत्र २२ ।

    उदयपुरको बेलका नगरपालिका–३ स्थित कोशी जनता माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको हत्या भएको छ ।

    ट्युसन पढ्न हिँडेकी कविता सुनुवारको शव मंगलबार बिहान यसोदा खोला नजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी सुवास बोहराले बताए ।

    घरबाट स्कुल आउँदै गर्दा उनको क्रुर हत्या भएको भन्दै कोशी जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्य नारायण शाहले घटनाको अनुसन्धान र निष्पक्ष छानबिनको माग गरेका छन् ।

    बेलका नगरपालिका–६ स्थित बुद्धचोक घर भएकी १६ वर्षीया कविताको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सरिता ढकाल खत्री र १९ वर्षका राजेन्द्र ढकाल छन् । सरिता र कविता कोशी जनतामासँगै अध्ययनरत थिए ।

    सरितासँग केही दिनअघि भएको सामान्य विवादका कारण दुईजना मिलेर ढुंगाले हिर्र्काएर उनको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

    स्कुल पुग्नुभन्दा करिब ७ सय मिटर पर हत्या भएको र घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology