Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

रुपन्देहीका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय

रुपन्देहीका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय

  • 2.2K
    SHARES

  • रुपन्देहीका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय

    बुटवल,चैत्र २२ ।

    रुपन्देहीमा सत्तारुढ पाँच दलले जिल्लाका १६ वटै स्थानीय तहमा संयन्त्र निमार्ण गरी गठबन्धनलाई बलियो बनाउने निर्णय गरेका छन् ।

    आज बसेको जिल्लास्तरको संयन्त्रको  बैठकले संयन्त्रलाई सबै पालिकासम्म विस्तार गरेर चुनावी तालमेल गर्ने निर्णय गरेको छ । 

    नेपाली काँग्रेस रुपन्देहीको पार्टी कार्यालयमा बसेको बैठकमा काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहभागी थिए । 

    सबै पालिका र वडास्तरमा राजनीतिक संयन्त्र गठन गरी एकढिक्का भएर स्थानीय तहको निर्वाचन जाने निर्णय भएको नेपाली काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले जानकारी दिए ।

    गठबन्धनले विस्तृत अध्ययन र अनुसन्धान गरी पार्टीको यथार्थ मतको आधारमा सिट बाँडफाँड गर्ने जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology