बुटवल,चैत्र २० ।
प्रगतिशील पत्रकार संघ नेपाल,रुपन्देहीको अध्यक्षमा बिरेन्द्र कुँवर चयन भएका छन् । बुटवलमा भएको सम्मेलनले कुँवरको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा सुरेन्द्र रेग्मी, सचिवमा टेकराज भुसाल, सहसचिवमा प्रकाश जिसी, कोषाध्यक्षमा शारदा पान्डे र सदस्यहरुमा दिपा बिक, सुरेश आचार्य, भानुभक्त शर्मा, टिकाराम घिमिरे, राम खड्का, बिमल खरेल, दिपक बस्नेत र अनिल थापा चयन भएका हुन् ।
सम्मेलनले सुमन अधिकारी,श्यामलाल पोखरेल र गंगालाल सापकोटालाई सल्लाहाकार चयन गरेको छ ।
यस अघि भएको कार्यक्रममा बोल्दै प्रगतिशील पत्रकार संघका सल्लाहाकार सुमन अधिकारीले नेपाली पत्रकारिताको क्षेत्रमा बिचारको पनि पत्रकारिता हुने बताए । पत्रकारितामा अनुसासन र सक्रियता आवश्यक पर्ने उनको भनाइ थियो ।
कार्यक्रममा वामपन्थी नेता चेतनाथ आचार्य, ढुण्डीराज पौडेल,अखिल छैठौंका केन्द्रिय सचिव सरोजमान सिंह, पत्रकार टिकाराम घिमिरे लगायतले आ आफ्नो भनाइ राखेका थिए ।
संघका निवर्तमान अध्यक्ष श्यामलाल पोखरेको अध्यक्षता र विरेन्द्र कुवंरको सञ्चालनमा कार्यक्रम भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)