Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

कांग्रेस छत्रदेव -६ ,ठुलापोखरा-रुपन्देही सम्पर्क समिति गठन,सभापतिमा पाण्डे 

कांग्रेस छत्रदेव -६ ,ठुलापोखरा-रुपन्देही सम्पर्क समिति गठन,सभापतिमा पाण्डे 

  • 4.8K
    SHARES

  • कांग्रेस छत्रदेव -६ ,ठुलापोखरा-रुपन्देही सम्पर्क समिति गठन,सभापतिमा पाण्डे 
    बुटवल,चैत्र १९ ।
     
    नेपाली कांग्रेस छत्रदेव गाउँपालिका वार्ड नम्बर -६ वडा समिती अर्घाखाँचीको आयोजनामा बुटवलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
     
    आज बुटवलमा आयोजित भेलावाट २४ सदस्यीय नेपाली कांग्रेस छत्रदेब -६ ,ठुलापोखरा-रुपन्देही सम्पर्क समिती गठन गरिएको छ । ७ जना सदस्य सभापतिले प्रथम बैठकद्वारा मनोनीत गर्न सक्ने व्यवस्था रहेको छ मनोनीत सहित कुल ३१ सदस्यीय कार्यसमितिले पुर्णता पाउने छ  । 
     
    नेपाली कांग्रेस छत्रदेव-६ का सभापति धनिश्वर पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रमका प्रमुख आतिथि नेपाली कांग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश रानाले विभिन्न ठाउमा सम्पर्क समितीहरु बिस्तार गर्दै जादा संगठन थप मजबुत हुने बताउनुभयो ।
     
    कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस अर्घाखाँची- रुपन्देही सम्पर्क समितिका अध्यक्ष तुल्सी भुसाल,उपाध्यक्ष तथा प्रदेश प्रतिनिधि टिकाराम बन्जाडे, नेत्र प्रसाद पाण्डे, गणेश प्रसाद भट्टराई, गोबिन्द प्रसाद बन्जाडे, नेपाली काङ्रेस छत्रदेब-रुपन्देही सम्पर्क समितिका अध्यक्ष भोजराज पाण्डे, सुरेशचन्द्र भट्टराई,तरुणका पुर्व जिल्ला अध्यक्ष नेत्रप्रसाद पौडेल, पर्शुराम पाण्डे लगायतको आतिथ्यता रहेको थियो।वार्ड सभापति धनिश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन लक्ष्मण रेग्मीले गर्नु भएको थियो। 
     
    सामाजिक संजाल लगायतका क्रियाकलापमा सक्रिय सदस्य दीपक पाण्डे लाई टीका र खादाले सम्मान गरिएको  थियो। 
    कार्यक्रमकै अवसरमा नेपाली कांग्रेसको सिद्धान्त र कार्यसैली बाट प्रभावित भई  नेकपा एमाले, नेकपा माओवादि केन्द्र तथा विभिन्न पार्टी परित्याग गरि एक दर्जन युवा हरुले नेपाली कांग्रेस गरेका छन भने अन्य केहि स्वतन्त्र युवा हरुले नेपाली कांग्रेसको अधिकारीक सदस्यता समेत लिएका थिए ।
    नवप्रबेसी हरुलाई प्रमुख अतिथी तथा लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश राना र छत्रदेव-६ का सभापती धनिश्वर पाण्डेले टीका र खादाले स्वागत गर्नु भएको थियो।  कृष्णप्रसाद पाण्डेको सभापतित्वमा २३ सदस्यीय नया कार्यसमिती सर्वसम्मत गठन भएको छ । 
    समितिमा को-को छन् ?
     
    १) सभापति -कृष्ण प्रसाद पाण्डे 
    २)उपसभापति - पोमनारायण आचार्य 
    ३)सचीव -खडानन्द भट्टराई 
    ४)कोषाध्यक्ष -तुल्सिराम पाण्डे 
    ५)सहसचिव -प्रेम पाण्डे 
    ६)सहकोषाध्यक्ष-जनार्दन भट्टराई 
     
    सदस्यहरु 
    १)सदस्य- सम्झना बस्नेत 
    २)तिलक पाण्डे 
    ३)तारा प्रसाद पाण्डे 
    ४)धर्मराज पौडेल 
    ५)तुलसा पाण्डे 
    ६)रेशम बन्जाडे
    ७)माधव पाण्डे 
    ८)अमृत भट्टराई 
    ९)मित्रलाल बन्जाडे
    १०)जानका पाण्डे 
    ११)हिमलाल रेग्मी
    १२)ध्रुव खनाल
    १३)कृष्ण प्रसाद पन्थी 
    १४)कृष्ण पाण्डे 
    १५)इश्वरी प्रसाद खनाल 
    १६)पर्शुराम पाण्डे 
    १७)प्रबिन पौडेल 
    १८)रमेश पौडेल

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology