Logo बिहिवार, आश्विन १ गते २०८३
images

गाेजीमा एक किलोको ढक राखेर म्यादी प्रहरीमा भर्ना हुन गएका एक युवा कपिलबस्तुमा पक्राउ

गाेजीमा एक किलोको ढक राखेर म्यादी प्रहरीमा भर्ना हुन गएका एक युवा कपिलबस्तुमा पक्राउ

  • 3.2K
    SHARES

  • गाेजीमा एक किलोको ढक राखेर म्यादी प्रहरीमा भर्ना हुन गएका एक युवा कपिलबस्तुमा पक्राउ

    बुटवल,चैत्र १९ ।

    गाेजीमा एक किलोको ढक राखेर म्यादी प्रहरीमा भर्ना हुन गएका एक युवा कपिलबस्तुमा पक्राउ परेका छन् । उनले आफ्नाे ताैल कम भएपछि जुक्ति निकालेका थिए ।

    तौल कम भएपछि उनले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको हाे। १ किलोको ढक, मोवाईल र पटक–पटक खाना समेत खाएर तौल पुर्‍याउन खोजेको र खानतलासी गर्दा ढक र मोबाइल फेला परेको प्रहरी निरीक्षक जगतनाथ मरासिनीले बताए ।

    उनको वास्तविक तौल ४८ किलो भएकाले म्यादीमा भर्ना हुन न्यूनतम तौल ५० किलो चाहिने भएपछि तौल पुर्‍याउन उनले यस्तो गरेको प्रहरी बताउँछ ।

    कपिलवस्तु मा १९२९ म्यादी प्रहरीका लागि दुई गुना बढी अर्थात् ६९०० ले आवेदन दिएका छन्छ । १ हजार ४५४ जना महिला छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology