Logo बिहिवार, आश्विन १ गते २०८३
images

गुल्मी रूरूक्षेत्रमा रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट ४ करोड विनियोजन

गुल्मी रूरूक्षेत्रमा रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट ४ करोड विनियोजन

  • 4.9K
    SHARES

  • गुल्मी रूरूक्षेत्रमा रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट ४ करोड विनियोजन

    बुटवल,चैत्र १७ ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको बलेटक्सारमा रिङरोड सडक निर्माण हुने भएको छ । रिङरोड निर्माणका लागि लुम्बिनी प्रदेश सरकारबाट झण्डै चार करोड विनियोजन भैसकेको छ ।

    प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट ३ करोड ६९ लाख ७६ हजार ६९७ रुपैयाँ बजेट स्वीकृत भएको प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले नागरिक अनलाइलाइ जानकारी दिए । 

    उक्त रकम माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बराल र नेपाल सरकारका पूर्वमुख्य सचिव लीलामणि पौड्यालको पहलमा परेको रूरूक्षेत्र गाउँपालिकाका अगुवाहरुले बताएका छन् ।

    नेकपा माओवादी केन्द्रका युवा नेता यदु ज्ञवालीले बलेटक्सारवासीले बलेटक्सार रिङ्गरोड निर्माणको सपना धेरै पटक देखाईए  पनि अब भने सपना पुरा गरिने नागरिक अनलाइनलाइ बताए ।

    बराल मन्त्री छँदा उनका स्वकिय सचिव रहे यता ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकामा  विकास योजनाहरु थुप्रै स्थानमा पारेको स्थानीयवासीको भनाई छ ।

    बहुबर्षिय योजनामा परेको  बलेटक्सार रिङरोड अन्तर्गत बलेटक्सार–चौतरा जानेचोक र रानीवास –धोविघाट सडक खण्ड समानान्तर ढंगले निर्माण हुने छ । 

    यहि हप्तामा टेण्डर खुल्ने तयारी गरिएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology