Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रादेशिक अस्पताल : नयाँ भवन निर्माणको टेण्डर रद्द,सिइयो घिमिरेले दिए राजीनामा !

लुम्बिनी प्रादेशिक अस्पताल : नयाँ भवन निर्माणको टेण्डर रद्द,सिइयो घिमिरेले दिए राजीनामा !

  • 4.6K
    SHARES

  • लुम्बिनी प्रादेशिक अस्पताल : नयाँ भवन निर्माणको टेण्डर रद्द,सिइयो घिमिरेले दिए राजीनामा !

    बुटवल,चैत्र १४ ।

    बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको टेण्डर अन्तत: रद्द भएको छ। नयाँ भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का कुनै दुई कम्पनी मात्र छनोट गर्ने गरी स्पेसिफिकेसन तयार गरेर प्रक्रियामै सेटिङ गरेको रहस्य बाहिर आएसँगै प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको हो। 

    टेण्डर प्रतिस्पर्धामा अरु कम्पनी छनोट नहुने गरी स्पेसिफिकेसनमै सेटिङ गरिएको भन्दै निर्माण व्यवसायीले समेत विरोध गरेका थिए। 

    प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले करिब ५ अर्ब रुपैयाँ लागतको प्रादेशिक अस्पतालको भवन निर्माणको लागि टेण्डर आह्वान गरेको भए पनि सीमित निर्माण कम्पनी छनोट हुँदा राज्यलाई आर्थिक भार बढी पर्ने भएकाले टेण्डर रद्द गरेको प्राधिकरणका प्राविधिक इन्जिनियर गिरिराज पौडेलले बताए।

    ‘सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ ग बमोजिम सोमबारको निर्णय अनुसार टण्डर रद्द गरिएको हो। अब अहिले उठिरहेका विवादलाई समाधान गर्ने गरी टेण्डर आह्वान हुनेछ,’ इन्जिनियर पौडेलले भने।

    hospital.jpg

    प्राधिरकणले आह्वान गरेको ठेक्कामा रमेश शर्माको शर्मा र रसुवा जेभी मात्र सहभागी भएका थिए। ठेक्का आह्वान सेटिङमा भएको र सार्वजनिक खरिद अनुगमन कार्यालयले ध्यानआर्कषण गराएको थियो।

    विवादित टेण्डरबारे उच्च अदालत दाङमा मुद्दा परेको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरीहरु परेका थिए।

    प्राधिकरणले आह्वान गरिएको ठेक्कामा कतिपय बुँदाले निजी क्षेत्रका कम्पनी बोलपत्रमा सहभागी नहुने गरी व्यहोरा राखिएको थियो। विदेशीसँग जेभी गरेर आउने भए सरकारी अस्पतालमा २ हजार वर्गमिटरभन्दा बढीको २ तले बेसमेन्ट बनाएको हुनुपर्ने, नेपाली कम्पनीले एक्लै प्रतिस्पर्धा गर्ने ६ हजार वर्गमिटरमा २ तले बेसमेन्ट निर्माण गरेको अनुभव हुनुपर्ने बताइएको थियो।

    यो प्रावधानले डबल बेसमेन्ट अस्पताल बनाएका निजी कम्पनीहरु टेण्डरमा सहभागी हुनबाट रोकेको निर्माण व्यवसायीहरुले बताउँदै आएका थिए।

    यहि बिषयलाइ लिएर प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइयो अनन्तराज घिमिरेले पदबाट राजीनामा दिएका छन् ।उनले आफू २०५६ देखि आबद्ध पार्टी पनि छाडेका छन् ।

    ceo resign.jpg

    लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइयो घिमिरेले दिए राजीनामा र छाडे पार्टी !

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology