Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

राष्ट्रपतिसहभागि न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका काँग्रेस जनप्रतिनिधिले गरे बहिष्कार 

राष्ट्रपतिसहभागि न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका काँग्रेस जनप्रतिनिधिले गरे बहिष्कार 

  • 2.0K
    SHARES

  • राष्ट्रपतिसहभागि न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका काँग्रेस जनप्रतिनिधिले गरे बहिष्कार 

    पोखरा,चैत १४ ।

    पोखरा महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको राष्ट्रिय सम्मेलनलाई पोखराका काँग्रेस जनप्रतिनिधिले बहिष्कार गरेका छन् । कार्यक्रमका लागि आफूहरुसँग समन्वय नगरेको र चुनावको बेला स्वार्थपुर्ण तरिकाले कार्यक्रम गरिएको भन्दै उनीहरूले बहिष्कार गरेका हुन् ।

    पोखरा महानगर वडा नम्बर ९ का काँग्रेसबाट विजयी वडाध्यक्ष रामराज लामिछानेले सम्मेलन पहिल्यै गर्नुपर्ने भए पनि हाल आएर स्वार्थ पूर्तिका लागि आयोजना गरिएको आरोप लगाए ।

    काँग्रेस जनप्रतिनिधिको दलको नेतासमेत रहेका उनले भने, ‘न्यायिक समितिमा समेत काँग्रेसलाई सहभागी गरिएको छैन । त्यसमाथि अहिले गरिएको कार्यक्रमका लागि गठन गरिएका समितिमा पनि सहभागी गराइएको छैन ।’

    न्यायिक सम्मेलन एमालेको चुनावी ‘फण्डा’मात्र भएको आरोप लगाउँदै उनले अगाडि भने, ‘यो कार्यक्रम पहिल्यै हुनुपर्थ्यो । अहिले आएर गरिनु चुनावी फण्डामात्र हो ।’

    पोखरा महानगरमा काँग्रेसका ११ वडाअध्यक्षसहित कुल ४७ जनप्रतिनिधि छन् । सम्मेलनमा न्यायिक समितिको घोषणापत्रसमेत जारी गर्ने तयारी छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology