बुटवल,कार्तिक १-
बुटवलको तिनाउ ईन्टरनेशनल हस्पिटलले पहिलो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ । अस्पतालले एक वर्षमा पश्चिम क्षेत्रकै स्पाईन र ट्रमाको विशेषज्ञ सेवा सहित अस्पतालमा सुरु भएको छ ।
स्पाईनल ईन्जुरी देखि घाटी भांचिएको , ढाड भाचिएको, ढाडको नसा च्यापिएका, मेरुदण्डको टि बि भएको, जन्मजात मेरुदण्ड बाङ्गो भएको तथा नसाको समस्या भए लगायतका विशेषज्ञ सेवा अस्पतालले प्रदान गर्दै आएको छ ।
तिनाउ ईन्टरनेशनल अस्पतालले यस्ता समस्यामा रहेका विरामीहरुका लागि अप्रेशनमा आवश्यक पर्ने अत्याधुनिक उपकरणहरुको प्रवन्ध गरेको अस्पतालका अध्यक्ष चिरञ्जीवि जोशीले जानकारी दिनुभयो ।
उहांले हरेक रोग र त्यसको उपचार प्रद्धती जस्ता कुराहरुमा सचेतना वढाउन आवश्यक भएको बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)