बुटवल,कार्तिक १-
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ जना पुगेको छ।
हाल देशभर ३८ हजार ७३७ जना सक्रिय संक्रमित छन्। आज १३ हजार २९९ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १५ लाख ४३८ जनाको पिसिआर परीक्षण भएको छ।
काठमाडौंमा १४५१ जना, भक्तपुरमा १४३ र ललितपुरमा १५२ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ७१५ छ। 
पछिल्लो २४ घण्टामा १८ सय जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८४० जना पुगेको छ। देशमा कुल संक्रमितमध्ये ६९.४ प्रतिशत निको भएका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)