Logo बिहिवार, आश्विन १ गते २०८३
images

काँग्रेसले शुद्धोधनमा देखायाे प्रदेश सांसदलाई कालाेझण्डा,मन्त्रीले सुईँकाे पाएपछि प्रमुख अतिथि नै चेन्ज !

काँग्रेसले शुद्धोधनमा देखायाे प्रदेश सांसदलाई कालाेझण्डा,मन्त्रीले सुईँकाे पाएपछि प्रमुख अतिथि नै चेन्ज !

  • 9.5K
    SHARES

  • काँग्रेसले शुद्धोधनमा देखायाे प्रदेश सांसदलाई कालाेझण्डा,मन्त्रीले सुईँकाे पाएपछि प्रमुख अतिथि नै चेन्ज !

    बुटवल,कार्तिक १-

    रुपन्देहीको शुद्धोधन गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्ने लुम्बिनी प्रदेशका पर्यटनमन्त्री लिला गिरी आउने कार्यक्रम थियाे । तर नेपाली काँग्रेसले शुद्धोधनमा कालाेझण्डा देखाउने सुइकाे मन्त्रीले पाएपछि कार्यक्रमका प्रमुख अतिथि नै फेरिए ।

    मन्त्रीकाे सट्टा साे गाउँपालिकाको नवनिर्मित भवनको रिवन काट्न लुम्बिनी प्रदेशका नेकपाका सांसदलाई तुल्सी प्रसाद चौधरी आए ।  सोहि कार्यक्रममा नेपाली काँग्रेस रुपन्देहीको निर्देशनमा काँग्रेस शुद्धोधनले विरोध गर्दै प्रदेश सांसद तुल्सी प्रसाद चौधरीलाई कालाेझण्डा देखाएका छन् ।

    चाैधरीले प्रदेशको राजधानी दाङ सार्ने प्रस्तावको पक्षमा मतदान गरेको,र जनमतकाे अपमान गरेकाे भन्दै काँग्रेसले कालाेझण्डा देखाएकाे जनाएकाे छ ।

    साथै काँग्रेसका निर्वाचित जनप्रतिनिधिले समेत उक्त कार्यक्रम बहिस्कार गरेका छन। काँग्रेसले भवनको उद्घाटनकाे बिराेध नभई राजधानी सार्ने पक्षमा भााेट हाल्ने नेकपाका सांसदकाे बिराेध गरेकाे जनाएकाे छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology