Logo सोमवार, कार्तिक १० गते २०८३
images

अकोराबको १६औं साधारणसभा आजदेखि नेपालगञ्जमा

अकोराबको १६औं साधारणसभा आजदेखि नेपालगञ्जमा

  • 3.0K
    SHARES

  • अकोराबको १६औं साधारणसभा आजदेखि नेपालगञ्जमा

    बुटवल,चैत ९ ।

    सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको १६ औं वार्षिक साधारण सभा बाँकेमा आजदेखि सुरु हुँदै छ । अकोराबको २२ औं स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा आयोजित सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन तथा साधारण सभा दुई दिनसम्म चल्ने छ ।

    अकोराबका अध्यक्ष अर्जुन गिरीले सम्मेलनले सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गर्ने र त्यसबाट सामुदायिक रेडियोहरुलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए ।

    साधारण सभा र राष्ट्रिय सम्मेलनमा सहभागी हुन देशभरका तीन सय ६१ सामुदायिक रेडियोका प्रतिनिधिहरु नेपालगञ्जमा भेला भएका छन् ।

    सामुदायिक रेडियोहरुको हक, हित र अधिकारका लागि २०५७ चैत ९ गते अकोराब स्थापना गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology