Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

मुल्यबृद्धि र कालाेबजारी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सुरेन्द्र हमाल 

मुल्यबृद्धि र कालाेबजारी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सुरेन्द्र हमाल 

  • 2.2K
    SHARES

  • मुल्यबृद्धि र कालाेबजारी नियन्त्रणका लागि प्रदेश सरकार प्रतिबद्ध  :  मन्त्री सुरेन्द्र हमाल 

    बुटवल,फागुन ३० । 

    लुम्बिनी प्रदेशका वन तथा भु-संरक्षण मन्त्री सुरेन्द्र हमालले मुल्यवृद्धि नियन्त्रणका लागि कानुन परिमार्जन पनि गर्न सकिने बताउनुभएको छ ।

     मुल्यवृद्धिले आम जनता मारमा परेको अवस्थामा मृल्यवृद्धि नियन्त्रणका लागि कानुन परिमार्जन गर्न सकिने बताउनुभयो ।
    खुद्रा तथा किराना व्यवसायी संघ रुपन्देहीको सोमबार बुटवलमा आयोजित पदहस्तान्त्रण कार्यक्रममा बोल्दै मन्त्री हमालले कानुन कुनै गीता र बाईवल नभएकाले समयको माग र आवश्यक्ता अनुसार कानुन परिमार्जन गर्न सकिने बताउनुभयो । 

    उहांले प्रदेश सरकार जनताका समस्याप्रति गम्भीर रहेकाले सरकारले जनपक्षीय कामलाई ध्यान दिएको दावी गर्नुभयो । नीजि क्षेत्रका समस्याप्रति प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै साना तथा किराना व्यवसायीका समस्या हल गर्न  पहल गर्ने प्रतिवद्वता जनाउनुभयो । हमालले किराना व्यवसायीका लागि जग्गाको व्यवस्थापन मिलाउन राजनीतिक दलहरुलाई आग्रह गर्दै भवन बनाउन प्रदेश सरकारले सहयोग गर्ने आश्वासन दिनुभयो ।

    किराना व्यवसायीले मुल्यवृद्वि नियन्त्रण गर्न र खुल्ला सीमानाबाट हुने चोरी निकासी रोक्ने गरी कार्यक्रम ल्याउन सरकारसंग माग गरेका छन् ।

    कार्यक्रममा संविधान सभा सदस्य तथा नेपा माओवादी केन्द्रका विनोद पहाडी, नेपाली कांग्रेसका हरि अर्याल, नेकपा एमालेका राजेन्द्र ढकाल, नेकपा एकीकृत समाजवादीका डा. बालकृष्ण चापागाई, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति  गोविन्द खनाल,बुटवल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठ,  रुपन्देही उद्योग संघका कृष्ण पराजुली, रुपन्देही व्यापर संघका सचिव  परसुराम पन्थ , खुद्रा तथा किराना व्यवसायी रुपन्देहीका निवर्तमान अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, पूर्व अध्यक्ष कमला गौतम, गंगाप्रसाद न्यौपाने,सल्लाहकार कृष्ण पाण्डे,व्यवसायी महेन्द्र पोखरेल लगायतले बोल्नुभएको थियो ।

    नवनिर्वाचित अध्यक्ष मोहन बस्यालको अध्यक्षता र महासचिव गोपाल कुमार प्रधानको सञ्चालनमा कार्यक्रम भएको थियो । खुद्रा किराना व्यवसायी संघ बुटवलको १५ औँ वार्षिक साधारणसभा तथा आठौ अधिवेशनबाट निर्वाचितहरुलाई पदहस्तान्तरण गरिएको छ ।

    kirana.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology