Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

एमसिसी सम्झौता खारेजीको माग गर्दै बुटवलमा मार्चपास तथा बिरोध प्रदर्शन  

एमसिसी सम्झौता खारेजीको माग गर्दै बुटवलमा मार्चपास तथा बिरोध प्रदर्शन  

  • 1.8K
    SHARES

  • एमसिसी सम्झौता खारेजीको माग गर्दै बुटवलमा मार्चपास तथा बिरोध प्रदर्शन  

    बुटवल, फागुन २८ । 

    एमसीसि सम्झौता खारेजीको माग गर्दै बुटवलमा मार्चपास तथा बिरोध प्रदर्शन  भएको छ।

    नेकपा (मसाल),नेकपा (विप्लव) समुह लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा सम्बद्ध युवा संगठनहरुले बुटवलको पुरानो बसपार्क देखि र्याली सुरु गरि अमरपथ, हाटबजार लाइन, जेसिस चोक हुँदै बिपि चोक पुगेर सभा गरेका थिए।

    र्याली पछिको सभालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य जुन बिक्रम शाहिले नेपाली जनताले स्वीकार नगरेको राष्ट्रघाती एमसिसि सम्झौता  दलालहरूले जवरजस्त संसदबाट अनुमोदन गरे पनि कार्यान्वयन हुन नदिने बताए।एमसीसि बिरुद्धको शान्तिपूर्ण आन्दोलनलाई हतियार बोकेर क्रान्तिकारी आन्दोलनमा परिणत गर्ने र त्यस्का लागि जस्तो सुकै मूल्य चुकाउन पछि नपर्ने समेत चेतावनी दिए।

    कार्यक्रमलाई युवा संगठन नेपालका विश्लेषण, क्रान्तिकारी युवा लिग नेपालका प्रगति रानाले सम्वोधन गर्दै राष्ट्रघाती एमसीसि सम्झौतालाई संसद्मा चोर बाटोको माध्यमबाट पारित गरे पनि यसलाई नेपाली जनताले कुनै हालतमा कार्यावन्यन हुन नदिने बताउँदै एमसीसिको विरुद्धमा सम्पूर्ण राष्ट्रभक्ती नेपाली युवाहरुले निरन्तर सङ्घर्ष गर्ने बताए ।

    कार्यक्रम अखिल नेपाल युवक संघ रुपन्देहीका सचिव कृष्ण जिसीको संचालनमा सम्पन्न भएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology