Logo बिहिवार, आश्विन १ गते २०८३
images

दलहरूले शान्ति समाजका मुद्दालाई राजनीतिक एजेन्डा बनाउनुपर्छ : डा. देबेन्द्रराज पाण्डे 

दलहरूले शान्ति समाजका मुद्दालाई राजनीतिक एजेन्डा बनाउनुपर्छ : डा. देबेन्द्रराज पाण्डे 

  • 3.3K
    SHARES

  • दलहरूले शान्ति समाजका मुद्दालाई राजनीतिक एजेन्डा बनाउनुपर्छ : डा. देबेन्द्रराज पाण्डे 

    बुटवल,फागुन २८। 

    मानवअधिकारकर्मी अगुवा डा.देबेन्द्रराज पाण्डेले शान्ति समाजले बोकेका मुद्दाहरू राजनीतिक दलहरूले आफ्ना एजेन्डा बनाउनुपर्ने बताएका छन्। उनले समाज रूपान्तरणमा अविरल रूपमा  शान्ति समाजले योगदानसहित खबरदारी गरिरहेको बताए।

    मानव अधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् बैठकलाई कपिलवस्तु बाणगंगामा शुक्रबार सम्बोधन गर्दै पुर्वमन्त्री समेत रहेका पाण्डेले अहिलेको अवस्थामा नेपालको राजनीति र दलहरू निकै कमजोर र अस्तब्यस्त देखिएको बताए।

    कार्यक्रममा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडिले अब फेरि अदालत फर्केर प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवराले न्यानसम्पादन गर्न नहुने बताए । उनले शान्ति समाजले थालेको युद्ध निशेधको अभियानलाई धेरैले खिसिट्युरे गरेको भन्दै अहिले संसारभर नै युद्ध निषेधको अभियान चलेको बताए। उनले आफूहरूको एजेन्डामा सबैको साथ रहेको बताए।

    पहाडीले रुसलाई युक्रेनमाथिको आक्रमण तत्काल रोक्न र शान्तिका पक्षमा उभिन आग्रह गरे ।

    पुर्वमन्त्री दिपकुमार उपाध्यायले दलहरू निर्वाचनमा केन्द्रित भएको भन्दै लोकतन्त्रको रक्षा, संरक्षण गर्नेहरूले जित्नुपर्ने बताए। समाजका केन्द्रीय सभापति गोबिन्द खनालले युद्ध बिरोधी अभियानलाई अझै शशक्त र व्यापक बनाईने बताए। सो अबसरमा पुर्व सभापति गंगाधर अधिकारी,उत्तम पुडासैनी,कृष्ण कडेंल,संविधानसभा सदस्य बिनोद पहाडि,नेकपा एसका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईं,महासचिव रामकृष्ण बराल,जनता समाजबादी पार्टीका प्रतिनिधि अब्दुल रसिद खान, वाणगंगा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु, शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारी लगायतले मन्तव्य राखेका थिए ।

    शान्ति समाज रूपन्देही तेस्रोपटक पनि उत्कृष्ट :

    samman samaj.jpgमानव अधिकार तथा शान्ति समाज रूपन्देही शाखा लगातार तेस्रोपटक देशभरमै उत्कृष्ट बनेको छ।

    देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै कपिलवस्तुमा आयोजित २४ औं राष्ट्रिय परिषद् बैठकमा प्रशंसापत्रसहित  सम्मान प्रदान गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि डा. देबन्द्र राज पाण्डे ,संस्थापक सभापति कृष्णपहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायतले रूपन्देही शाखालाई सम्मान प्रदान गरेका हुन्।

    सम्मान ग्रहणपछि सभापति डिपि खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताए। रूपन्देही शाखा यसअघि पनि पोखरा र दाङमा सम्पन्न राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको सचिव कपिल ज्ञवालीले जानकारी दिए। 

    samaj.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology