Logo मंगलवार, श्रावण १२ गते २०८३
images

शान्ति समाज रूपन्देही शाखा तेस्रोपटक पनि उत्कृष्ट

शान्ति समाज रूपन्देही शाखा तेस्रोपटक पनि उत्कृष्ट

  • 5.2K
    SHARES

  • शान्ति समाज रूपन्देही शाखा तेस्रोपटक पनि उत्कृष्ट

    बुटवल,फागुन २८। 

    मानव अधिकार तथा शान्ति समाज रूपन्देही शाखा लगातार तेस्रोपटक देशभरमै उत्कृष्ट बनेको छ। देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै कपिलवस्तुमा आयोजित २४ औं राष्ट्रिय परिषद् बैठकमा प्रशंसापत्रसहित  सम्मान प्रदान गरिएको हो।

    कार्यक्रमका प्रमुख अतिथि डा. देबन्द्र राज पाण्डे ,संस्थापक सभापति कृष्णपहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायतले रूपन्देही शाखालाई सम्मान प्रदान गरेका हुन्।

    सम्मान ग्रहणपछि सभापति डिपि खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताए। रूपन्देही शाखा यसअघि पनि पोखरा र दाङमा सम्पन्न राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको सचिव कपिल ज्ञवालीले जानकारी दिए। samman samaj.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology