Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी

कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी

  • 2.5K
    SHARES

  • कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी

    बुटवल,फागुन २० ।

    नेपाली कांग्रेस पर्साको सभापतिमा जनार्दन सिंह क्षेत्री विजयी भएका छन्। शुक्रबार बिहान सम्पन्न मतगणनामा सभापतिका प्रत्यासी श्यामप्रसाद पटेललाई ४ सय ६५ मतको अन्तरले पराजित गर्दै क्षेत्री निर्वाचित भएका हुन्।

    क्षेत्रीले १ हजर १ सय १० र निकटतम प्रतिद्वन्दी पटेलले ६ सय ४५ मत प्राप्त गरेको मतदान अधिकृत नरेन्द्र केसीले बताए।  विजयी क्षेत्रीलाई संस्थापन पक्षका केन्द्रीय सदस्यद्वय रमेश रिजाल र अजय चौरसियाको समर्थन रहेको थियो।

    पटेललाई भने संस्थापन इतर पक्षका निवर्तमान जिल्ला सभापति अजय द्विवेदी र संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्यको समर्थन थियो।

    जिल्लाका अन्य पदाधिकारीमा पनि संस्थापन पक्षकै प्यानल विजयी भएको छ। उपसभापतीमा रामनारायण कुर्मी र अशोक कुमार गुप्ता, सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी, सहसचिवमा नवीन सिंह र मदन राउत अहिर विजयी भएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology