Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

कांग्रेसको कैलाली सभापतिमा देउवा पक्षका नारायणदत्त भट्ट विजयी

कांग्रेसको कैलाली सभापतिमा देउवा पक्षका नारायणदत्त भट्ट विजयी

  • 1.4K
    SHARES

  • कांग्रेसको कैलाली सभापतिमा देउवा पक्षका नारायणदत्त भट्ट विजयी

    धनगढी,फागुन १९ ।

    नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार नारायणदत्त भट्ट विजयी भएका छन् ।

    बिहीबार भएको पुनस् मतदानबाट पहिलो चरणमा सर्वाधिक मत ल्याउने प्रकाश बमलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । भट्टले १३५९ मत ल्याए भने प्रतिद्वन्द्वी बमले १०९६ मत पाएका छन् ।

    बिहीबार बिहान भएको पुनस् मतदानमा २४६७ मत खसेको थियो । गत आइतबार भएको पहिलो चरणको मतदानमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनस् मतदान भएको थियो ।

    सभापतिको प्रतिस्पर्धाबाट पहिलो चरणमै बाहिरिएका शेखर कोइराला पक्षका रामप्रसाद कलेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै बमलाई साथ दिने घोषणा गरेका थिए । तर कोइराला पक्षको साथ पाएर समेत बमले पहिलो चरणमा पाएको मत समेत कटाउन सकेनन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology