बुटवल,फागुन १६ ।
बुटवलबाट १७ जना बन्दकर्तालाइ प्रहरी नियन्त्रणमा लिएको छ । नेपाल बन्दका क्रममा बुटवलबाट नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य प्रेम सुवेदी सहित डेढ दर्जन बन्दकर्तालाइ बुटवल बसपार्कबाट प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुवेदी सहित नेकपा रूपन्देहीका जिल्ला सेक्रेटरी बिरेन्द्र बिक,लेखक तथा साहित्यकार खोमा तरामु,जानकी बोहोरा,पारस राहादी, इन्दु ओली लगायत रहेका छन् ।
उनीहरुलाई अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा राखीएको छ ।एमसीसिको विरोध गर्दै नेकपासहितका दलीय मोर्चाले आज नेपाल बन्द आव्हान गरेको हो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)