Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

प्रधानमन्त्री देउवा र ओलीबीच आज फेरि छलफल हुने

प्रधानमन्त्री देउवा र ओलीबीच आज फेरि छलफल हुने

  • 1.6K
    SHARES

  • प्रधानमन्त्री देउवा र ओलीबीच आज फेरि छलफल हुने

    काठमाडौं.फागुन १४ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा शुक्रवार साँझ भएको भेटवार्ता सम्पन्न भएको छ ।

    उनीहरूबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको बैठकपछि नेताहरूले जानकारी दिए ।

    बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले छलफलमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष नेता ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसिसीलाई सबैको सहमतिमा प्रतिनिधि सभाबाट अनुमोदन गरौंं भन्ने प्रस्ताव गरेका जानकारी दिए ।

    उनले भने, ‘प्रधानमन्त्रीले आफ्नो प्रस्ताव राख्नुभयो । प्रमुख प्रतिपक्ष दलका नेता ओलीको पुरानो अडान कायमै रहेको छ, उहाँले संसद्मा प्रवेश गर्ने वातावरण बनाउनुपर्‍यो भन्नुभएको छ, त्यो वातावरण भयो भने हामी निर्णय गर्छौं भन्नुभयो ।’

    एमाले अध्यक्ष ओलीले अहिलेको समयमा लोकतान्त्रिक मूल्यमान्यता बोकेका शक्तिहरू ९कांग्रेस–एमाले० एक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने प्रस्ताव गरेका उनले जानकारी दिए ।

    मन्त्री कार्कीले भने, ‘छलफलमा एमाले अध्यक्षले हामीले धेरै संघर्ष गरेर लोकतन्त्रको स्थापना गरेका छौं, लोकतन्त्रको यात्राका हामी सहयात्री हौं, लोकतान्त्रिक मूल्यमान्यताका लागि हामी लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ, हामीलाई संसद्भित्र प्रवेश गर्ने ढोका अझै खुलेको छैन, त्यो ढोका खोलिदिनुस्, हामी निर्णय गर्छौं भन्नुभएको छ ।’ 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology