Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

जनताको अधिकार स्थापित गराउन सरकार प्रतिबद्ध : मन्त्री कृष्णध्वज खड्का

जनताको अधिकार स्थापित गराउन सरकार प्रतिबद्ध : मन्त्री कृष्णध्वज खड्का

  • 3.8K
    SHARES

  • जनताको अधिकार स्थापित गराउन सरकार प्रतिबद्ध : मन्त्री कृष्णध्वज खड्का

    बुटवल,फागुन १३ ।

    लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले सरकार जनताको अधिकार स्थापित गराउनका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

    प्रदेशमा नयां योजनाका साथ आफुहरुले काम गरिरहेको भन्दै उनले सबैक्षेत्रसंग सरकारले सहकार्य गरेरै अघि बढ्ने बताए । खुद्रा किराना व्यवसायी संघ, रुपन्देहीले आफ्नो १५ औँ साधारण सभा तथा आठौ अधिवेशनमा बोल्दै मन्त्री खड्काले ब्यबसायीहरु थप परिस्कृत भएर ब्यबसाय संचालन गर्नुपर्ने बताए । 

    मन्त्री खड्काले देशलाई आत्मनिर्भर बनाउन नीजि क्षेत्रको हात रहेको बताए। सुगौली सन्धिपछि नेपालमा परनिर्भरता बढेको उल्लेख गर्दै मन्त्री खड्काले भने–उत्पादनलाई बढाएर देशलाई परर्निभरताबाट मुक्त गर्नुपर्छ। त्यसका लागि सरकारले सबै क्षेत्रलाई साथ दिन्छ। उनले आर्थिक रुपले देशलाई अगाडी बढाउनका मुख्य श्रोत नीजि क्षेत्र भएको बताउंदै नीजि क्षेत्रका समस्याप्रति प्रदेश सरकारले सहयोग पुराउने आश्वासन दिए।

    विदेशी वस्तु मात्र विक्री वितरण गरेर देश आर्थिक रुपले बलियो हुन नसक्ने बताउंदै नीजि क्षेत्र र सरकारबीच सहकार्य हुन आवश्यक रहेको मन्त्री खड्काको तर्क छ। माओवादीका नेतासमेत रहेका मन्त्री खड्काले दाङलाई प्रदेशको स्थायी राजधानीको रुपमा विकास गरिने र बुटवललाई आर्थिक केन्द्रको रुपमा विकास गरेर लुम्बिनी प्रदेशलाई आतमनिर्भर बनाउन सकिने तर्क गरे।

    नेपाली कांगे्रस बुटवल नगर सभापति खेलराज पाण्डेले साना ब्यवसायिलाई बचाउनका लागि घरभाडा र करमा ५० प्रतिशत छुट दिनुपर्ने बताए। बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजुले साना ब्यवसायिलाई संरक्षण गर्नुपर्ने र संरक्षण गर्ने दायित्व सरकारको भएको बताए।

    खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेले स्वदेशी उत्पादनले प्रोत्सान नपाउंदा र बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु निर्बाध रुपमा बिक्री बितरण हुंदा किराना ब्यवसायीले ठूलो समस्या भोग्नु परेको गुनासो गरे। संघका सल्लाहाकार कृष्णप्रसाद पाण्डेले खुल्ला सीमानाबाट अबैध ब्यापार बढेकाले किराना व्यवसायी मारमा परेको भन्दै खुल्ला सीमानाका सदाका लागि बन्द गर्न सरकारसंग माग गरे।

    कार्यक्रममा खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख विमलकुमार दाहाल, नापतौल तथा गुणस्तर विभागका बुटवलका प्रमुख शम्भुकुमार झां, खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका उपाध्यक्ष महेन्द्र पोखरेल,सचिव थानेश्वर अर्याल, मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका अध्यष डिपी खनाल लगायतले बोल्नुभएको थियो। संघका अध्यक्ष ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता र महासचिव गोपालकुमार प्रधानको सञ्चालनमा भएको थियो।

    सम्पादक ज्ञवालीलाइ उत्कृष्ट पत्रकारिता पुरस्कार :

    kapil gyawali.jpg

    नागरिक अनलाइनका सम्पादक  कपिल ज्ञवाली सम्मानित भएका छन् । ज्ञवालीलाई नगदसहितको उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

    ज्ञवालीलाई लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का, संघका अध्यक्ष ज्ञानप्रसाद न्यौपाने, सचिव थानेश्वर अर्यालले दोसल्ला ओढाएर नगदसहित समान गरेका हुन् ।

    पत्रकार ज्ञवालीले आर्थिक, सामाजिक गतिविधीलाई पत्रकारिताका माध्यमबाट योगदान पुराएकाले सम्मान गरेको संघले जनाएको छ ।करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका पत्रकार ज्ञवाली  बुद्ध सामुदायिक टेलिभिजनका समाचार संयोजक समेत हुन् ।

    त्यस्तै पत्रकार तथा सल्लाहकार तेजेन्द्र केसीलाइ पनि सम्मान गरिएको थियो भने उच्च अंकका साथ एसइइ उर्तिण बिद्यार्थीलाइ पनि सम्मान गरिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology