Logo बिहिवार, आश्विन १ गते २०८३
images

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना,गाउँपालिकाका सबै सेवा बन्द

पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना,गाउँपालिकाका सबै सेवा बन्द

  • 3.8K
    SHARES

  • पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष मल्ललाई कोरोना,गाउँपालिकाका सबै सेवा बन्द

    पर्वत,असोज २८- 

    पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण )लाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाका सबै सेवा बन्द गरिएको छ । अध्यक्ष मल्ललाई सङ्क्रमण पुष्टि भएपछि आजदेखि पालिकाको कार्यालय र वडा कार्यालयका सबै सेवा बन्द गरिएको हो ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले विज्ञप्ति प्रकाशित गर्दै कन्ट्याक्ट ट्रेसिङको परिणाम नआएसम्मका लागि बन्द गरिएको जानकारी दिएका छन् ।

    विज्ञप्तिमा पालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सम्पर्कमा आएका सबैलाई सुरक्षितरूपमा होम आइसोलेसनमा बस्न शर्माले आग्रह गरेका छन् । अध्यक्ष मल्लको सम्पर्कमा रहेका परिवारका सदस्य, जनप्रतिनिधि, कर्मचारी, अन्य व्यक्तिको परीक्षण गरिने भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा अध्यक्ष मल्ललाई मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो ।

    अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भइरहेको छ । उनहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।

    नेपाली काँग्रेस पर्वतका कोषाध्यक्षसमेत रहनुभएका मल्लमा कोरोना पुष्टि भएपछि काँग्रेसले पर्वतले विज्ञप्ति प्रकाशित गरेर स्वास्थ्यलाभको कामना गरेको छ । जिल्ला सभापति खिमप्रसाद भुसालले कोरोना नियन्त्रणमा अहोरात्र खटिरहेको बेला सङ्क्रमण पुष्टि भएको भन्दै स्वास्थ्यलाभको कामना गरेका छन् ।

    -रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology