Logo मंगलवार, श्रावण १२ गते २०८३
images

रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकाको झापाबाट उद्धार

रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकाको झापाबाट उद्धार

  • 3.8K
    SHARES

  • रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकाको झापाबाट उद्धार

    बुटवल, फागुन ६ ।

    रुपन्देहीको सैनामैनाबाट अपहरणमा परेका दुई स्कुले बालबालिकालाई प्रहरीले झापाबाट सकुशल उद्धार गरेको छ ।

    बिहीबार बिहान विद्यालय जान घरबाट निस्केका उनीहरूलाई आफ्नै फुपाजुले फोटो खिच्ने बहानामा अपहरण गरेको प्रहरीले जनाएको छ ।

    बिहीबार बिहान ९ बजेदेखि सम्पर्कविहीन भएका सैनामैना नगरपालिका–६ बस्ने पुष्पा दाहालकी छोरी र छोरालाई शुक्रबार दिउँसो झापाको बिर्तामोडबाट उद्धार गरिएको हो ।

    घटनामा संलग्न अभियुक्त खिमबहादुर पौडेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  उद्धारपछि प्रहरीको संरक्षणमा रहेका बालबालिका र अभियुक्त पौडेललाई रुपन्देही ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।

    सैनामैना–५ घमाहा खोला बस्ने खिमबहादुरसँग पारिवारिक विवाद भएका कारण उनले नै अपहरण गरेको भन्दै किटानी जाहेरी परेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology