Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा यातायातको अत्याधुनिक ट्रायल सेन्टर निर्माण,एकैदिनमा १ हजार जनाले ट्रायल दिन सक्ने (फाेटाेफिचर)

बुटवलमा यातायातको अत्याधुनिक ट्रायल सेन्टर निर्माण,एकैदिनमा १ हजार जनाले ट्रायल दिन सक्ने (फाेटाेफिचर)

  • 6.8K
    SHARES

  • बुटवलमा यातायातको अत्याधुनिक ट्रायल सेन्टर निर्माण,एकैदिनमा १ हजार जनाले ट्रायल दिन सक्ने (फाेटाेफिचर)

    बुटवल,फागुन ५ ।

    लुम्बिनी प्रदेशमा पहिलो पटक सवारी लाईसेन्सका लागि अत्याधुनिक ट्रायल सेन्टर सञ्चालनमा आएको छ । बुटवल १३ मा २ विघा जग्गा ब्यवस्थापन गरी ट्रायल सेन्टरमा सञ्चालमा आएको हो ।

    एकै पटकमा १ हजार भन्दा बढीले ट्रायल दिन सक्ने क्षमता सहितको ट्रायल सेन्टर लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको छ । एकै दिन करिब ८ सय मोटरसाईकल तथा चार पांग्रे २०० सवारी साधनको लाईसेन्सका लागि ट्रायल लिन सकिने क्षमता रहेको यातायात तथा सवारी चालक अनुमति पत्र रुपन्देहीका कार्यालय प्रमुख  तेजनारायण यादबले जानकारी दिए ।

    trayal center butwal (7).jpg

    प्रदेश सरकारले ट्रायल सेन्टर यातायात तथा सवारी चालक अनुमति पत्र कार्यालयलाई हस्तानान्तरण गरेको बताउँदै उनले कार्यालय पनि ट्रायल सेन्टरको कम्पाउण्डैमै रहेकाले नेपाल कै नमुना भएको बताए ।trayal center butwal (2).jpg

    ट्रायल सेन्टर र लाईसेन्सको कार्यालय एकै ठाउँमा भएकाले जनताले सहज रुपमा ट्रायल दिन सक्ने उनले बताए । प्रयोगात्मक परीक्षा ‘ट्रायल’लाई थप व्यवस्थित बनाउँदै बिचौलियाको अन्त्यका लागि कार्यालयले सेवाग्राहीहरुलाई आफैले सवारीका साधन उपलब्ध गराउने भएको छ ।

    विगतमा बुटवल–११ देविनगरमा अवस्थित अर्कैको जमिनमा ट्रायल परीक्षा लिँदै आएको कार्यालयले आफ्नै संरचनामा सेवा दिन थालेपछि सेवाग्राहीहरु ठगिनबाट बच्ने अपेक्षा गरिएको छ । 

    करिब २ विगाहा क्षेत्रफलमा संरचना निर्माण गरी एकै ठाउँबाट एकै साथ साना, मझौला तथा ठूला वसारी साधनका लागि प्रयोगात्मक परीक्षा सञ्चान गर्न मिल्ने बताइएको छ । लाइसेन्स शाखा बुटवल कार्यालयका प्रमुख यादवका अनुसार अब दैनिक ८ सय परीक्षार्थीले दुई पाङ्ग्रे सवारीका साधनका लागि परीक्षा दिन पाउने छन् भने साढे ३ सय बढी परीक्षार्थीले मझौला तथा ठूला सवारीका साधनका लागि प्रयोगात्मक परीक्षामा सहभागि हुन पाउने भएका छन् ।

    बिचौलियाहरुको प्रवेश निषेध ! :

    trayal center butwal (7).jpg

    कार्यालयको प्रत्यक्ष निगरानी तथा बिचौलियाहरुको प्रवेश निषेधले यसलाई थप व्यवस्थित बनाउने यादवको दाबी छ ।लाइसेन्स शाखाको कार्यालयसँगै जोडिएको प्रयोगात्मक परीक्षा सञ्चालन गर्ने स्थानमा सम्बन्धित परीक्षार्थी बाहेक अन्यले प्रवेश पाउने छैनन्।

    यसैगरी परीक्षार्थीहरुले कार्यालयले नै व्यवस्था गरेको सवारीका साधानबाट परीक्षा दिनु पर्ने व्यवस्था गरिएको छ ।कार्यालयले गरेको नयाँ व्यवस्थासँगै विभिन्न ड्राइभिङ इन्ष्टिच्युटहरुले उपलब्ध गराउने वर्षौ पुराना र बिग्रेका सवारीका कारण परीक्षार्थीहरु अनुतिर्ण हुने समस्याको पनि समाधान हुने प्रमुख यादवले बताएछ ।

    नयाँ व्यवस्थासँगै प्रयोगात्मक परीक्षा उत्तिर्ण गर्नेहरुको संख्या १० देखि १५ प्रतिशतसम्म वृद्धि हुने उनको अनुमान छ ।

    ट्रायल सेन्टर भित्रै प्रयोगात्मक परीक्षा : 

    trayal center butwal (6).jpg

    कार्यालयले टेन्डर प्रक्रिया मार्फत कम्पनीको छनोट गरी ट्रायल सेन्टर भित्रै प्रयोगात्मक परीक्षा सञ्चालन गर्नका लागि दुई पाङ्ग्रे सवारी लाइसेन्स अन्तरगत ६-६ वटा मोटर साइकल र स्कुटरको व्यवस्था गरेको छ भने चार पाङ्ग्रे मझौला सवारी लाइसेन्स परीक्षाका लागि ६ वटा ट्याक्सिको व्यवस्था गरेको छ ।

    भित्रै पाइन्छ ट्रायलका लागि नयाँ साधन :

    trayal center butwal (7).jpg

    श्यामसुन्दर बीएन जेभिसँग ५ वर्षका लागि सम्झौता गरिएको बताउँदै उनले ठूला तथा साना सवारीका नयाँ साधन समेत उक्त कम्पनीले उपलब्ध गराउने भएको छ ।trayal center butwal (3).jpg

    २४ महिनामा निर्माण सम्पन्न गर्नेगरी भएको सम्झौता अनुसार कम्पनीले ट्रायल सेन्टसहित लाइसेन्स शाखाको कार्यालय भवन तथा बिलबुक शाखाको कार्यालय भवन निर्माण र बाउन्ड्रिको काम अन्तिम चरणमा पुगेको छ ।

    करिब २ विगाह क्षेत्रफलमा निर्माण भएको बिलबुक शाखा र २ बिगाह क्षेत्रफलमा निर्माण भएको लाइसेन्स शाखा एकै ठाउँमा हुँदा सेवाग्राहीलाई थप सहज हुने अपेक्षा गरिएको छ ।trayal center butwal (2).jpgtrayal center butwal (5).jpgtrayal center butwal (4).jpg

    करिब दुइमहिनाको अवधिमा नयाँ भवनमा कार्यालय संचालन गर्ने गरि काम भैरहेको यातायात तथा सवारी चालक अनुमति पत्र कार्यालयका लक्ष्मण पाण्डेयले जानकारी दिए ।

    कार्यालयको गाेदाममै ‘लाईसेन्स डम्पिङ’ हुने समस्या अन्त्य,बुटवलबाट मंसिरसम्म ७९४१ वटा बितरण

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology