Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

एमसीसी बिरूद्धको नेपाल बन्द : बुटवलमा ९ जना बन्दकर्ता पक्राउ !

एमसीसी बिरूद्धको नेपाल बन्द : बुटवलमा ९ जना बन्दकर्ता पक्राउ !

  • 3.0K
    SHARES

  • एमसीसी बिरूद्धको नेपाल बन्द  : बुटवलमा ९ जना बन्दकर्ता पक्राउ !

    बुटवल,फागुन ४ ।

    बुटवलमा बन्द गराउँदै हिडेका ९ जना बन्दकर्ता पक्राउ परेका छन्  । माेर्चामा सहभागि नेता-कार्यकर्ता पक्राउ परेको बिप्लव नेतृत्वको नेकपाले जनाएको छ ।

    गिरफ्तारमा पर्नेहरुमा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु,नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विक लगायत नेता कार्यकर्ता छन्  ।

    उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो । आज नेकपा लगायतका दल तथा मोर्चाद्वारा आब्हान गरेको नेपाल बन्दको प्रभाव बिहानैदेखि परेको छ । मुख्य राजमार्गहरु विहानैदेखि सुनसान छन् ।  सडकमा सुरक्षाकर्मी  बाक्लै परिचालन गरिएको  इलाका प्रहरी कार्यालय बुटवलका प्रनाउ ठगबहादुर केसीले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology