बुटवल,माघ २९।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल रज्जाकले लोकतन्त्र बचांउनका लागि कांग्रेसले जित्नैपर्ने बताएका छन् । जनताको हक अधिकार स्थापित र र क्षा गर्नका लागि कांग्रेसनै उत्तम पार्टी भएको उनको भनाइ छ ।
नेपाली कांग्र्रेस तिलोत्तमा वडा नं १७ मा १४औ महाधिवेशनको समीक्षा साथै सम्मान कार्यक्रममा बोल्दै उनले पार्टीको आन्तरिक निर्वाचनमा भएका तिति मिठा कुराको अत्य भई अब एक भएर बैसाख ३० मा हुने निर्वाचमा लाग्ने बेला आएको बताए ।
१४ औं महाधिबेसनबाट निर्वाचित भइ बिभिन्न तह र तप्कामा रहेर आफ्नो जिम्मेवारी सफलता पुर्वक निर्वाह गर्ने नेता जेष्ठ नागरिक तथा कार्यकर्तालाई वडा नं १७ ले सम्मान गरेको छ ।
तिलोत्तमा १७ का विशिष्ट योगदान पुर्याएका अन्य सामाजिक ब्याक्तीहरुलाइ सम्मान गरिएको हो।सम्मान कार्यक्रममा अन्य पार्टी परित्याग गरि दुई सय जना नेपाली कांग्रेसम प्रवेश गरेका छन।
सो अबसरमा कांग्रेस केन्द्रिय सदस्य अब्दुल रज्जाक र रुपन्देहीका सभापति रामकृष्ण खाणले टिका लगाएर प्रबेश गराएका हुन । अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गर्ने नया प्रबेशिहरुलाई केन्द्रिय सदस्य अब्दुल रज्जाकले आफ्नो अधिकार को लागि नेपाली कांग्रेसले निर्वाचन जित्नु पर्ने बताए।
पार्टीको आन्तरिक निर्वाचनमा भएका तिता मिठा कुराको अत्य भई अब एक भएर बैसाख ३० मा हुने निर्वाचमा लाग्ने बेला सुरु भएको बताए।
नेपाली कांग्रेस रुपन्देहीका सभापति राम कृष्ण खाण नेपाली कांग्रेसले ईतिहास लाई सम्झेर वर्तमानलाई टेकेर पार्टीमा सुदृढीकरण भई सकेको बताए। खाँणले दुई तिहाईको कम्युनिष्ट सरकार ढलेर नेपाली कांग्रेसको सरकार आएको छ । संसारमा कम्युनिष्ठले निर्वाचन गराएको ईतिहास नभएको हुदा नेपाली कांग्रेसले आगामी चुनाव गराएर दुई तिहाइको सरकार नेपाली कांग्रेसलेको हात पार्न सबै सक्रिय भएर लाग्न आग्रह गरे ।
ओलीको झुट्टा कुराले ३ बर्ष जनताले विताउदा देशमा भ्रष्टाचार बढेको बताए। तिलोत्तमा नगर सभापति हरिलाल पाण्डेले सक्रिय भइ पार्टी तथा जनताको हितमा काम गरेको मा सबैलाई धन्यवाद दिए।
वडा सम्रक्षेक नेत्र वहादुर राना क्षेत्रिय प्रतिनिधि दान बहादुर चौधरी,क्षेत्रिय प्रतिनिधि सोभा राना,तरुण दल क्षत्रीय सचिव विनोद न्यौपाने,प्रदेश सचिव किरण कुमार श्रेष्ठले शुभकामना दिएका थिए।वडा नं १७ का सभापति सन्त बहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रम संचालन वडा सचिव बुद्धि बल न्यौपानेले गरेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)