Logo बुधवार, कार्तिक १२ गते २०८३
images

रुपन्देही सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ला‘वब्लु’ माओवादी केन्द्रमा प्रवेश,प्रचण्डले गरे स्वागत

रुपन्देही सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ला‘वब्लु’ माओवादी केन्द्रमा प्रवेश,प्रचण्डले गरे स्वागत

  • 2.4K
    SHARES

  • रुपन्देही सम्मरीमाईका अध्यक्ष जितेन्द्रनाथ शुक्ला‘वब्लु’ माओवादी केन्द्रमा प्रवेश,प्रचण्डले गरे स्वागत

    बुटवल,माघ २७ ।

    रुपन्देही सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला र वडा अध्यक्ष श्रवणकुमार यादवसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

    बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।शुक्ला तत्कालीन विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

    त्यस्तै वडाध्यक्ष यादव नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा लुम्बिनी र मधेस प्रदेश फेरि एकपटक माओवादीमय हुने विश्वास व्यक्त गरे ।

    उनले आफु केही दिन पहिला सर्लाही र रौतहट जाँदा पनि मधेसका सयौं जनता माओवादी प्रवेश गरेको स्मरण गर्दै जनप्रतिनिधिकै पार्टी प्रवेशले नयाँ सन्देश दिने बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology