बुटवल,माघ २६ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सरकारको बजेट बैज्ञानिक गुरुयोजना बनाएर मात्रै खर्च गर्न मन्त्रालयहरूलाई निर्देशन दिएका छन् ।
उनले भने-‘जनताको कर र धेरै मेहनत गरेर संकलन गरेर उठाएको राजश्वलाई विना गुरु योजना लगानी गर्ने र परिणाम नदेखिने कार्यमा खर्च नगर्नुहोस्, जनताको आधारभूत आवश्यकता बदल्ने कार्यमा लगानी गराैँ ।’
मुख्यमन्त्री केसीले प्रदेश विकास समस्या समितिको बैठकको बैठकमा तथा अर्धवार्षिक प्रगति समीक्षा कार्यक्रममामा सहभागी मन्त्री, सचिवहरुलाई निर्देशन दिएका हुन् ।
उनले प्रदेश सरकारको तर्फबाट जनताले अनुभूती गर्र्ने गरी कार्य प्रगति अगाडि बढाउनको लागि सबैलाई निर्देशन दिए ।
एक्लैले काम गर्नु भन्दा सबैको सहकार्यमा गरेमा सिमित बजेटबाट पनि परिणाम हासिल गर्न सकिने बताउँदै अन्तर मन्त्रालयले सहकार्य गरी अगाडी बढ्नु पर्ने बताए।
केसीले नागरिकको पहिलो विकासको आधार भनेको शिक्षा भएकाले गर्दा शिक्षालाई पहिलो प्राथमिकता राखेर काम गर्न अपील समेत गरे ।
समीक्षा कार्यक्रममा मुख्यमन्त्री कुलप्रसाद केसी कार्यालय, उर्जा जलश्रोत तथा सिचाई मन्त्री विरबहादुर रानामगर, भौतिक पूर्वाधार तथा विकास मन्त्री सहसराम यादव, कानून महिला, बालवाकिला तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीमगर, बन वातावरण भू–संरक्षण मन्त्री सुरेन्द्र हमाल, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री पूर्मती ढेंङ्गा,, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्री बसीउसीद्दीन खाँ, पर्यटन, ग्रामीण तथा शहरी मन्त्री दिल्ली चौधरी, आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण इन्द्रजित थारु, उद्योग वाणिज्य आपुर्ति मन्त्रालय अजय शाही, कृषि खाद्य प्रविधि तथा भूमि मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्री सुमन रायमाझी, स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्य मन्त्री विमला वली लगायतको उपस्थिति थियो ।
समीक्षा कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय, उर्जा जलश्रोत तथा सिचाई मन्त्रालय भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, कानून महिला, बालवाकिला तथा जेष्ठ नागरिक मन्त्रालय, बन वातावरण भू संरक्षण मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय, शिक्षा, विज्ञान युवा तथा खेलकुद मन्त्रालय, सूचना तथा सञ्चार लगायतले प्रस्तुतिकरण गरेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)