Logo मंगलवार, श्रावण १२ गते २०८३
images

‘न सरकार परिवर्तन हुन्छ‚न त गठबन्धन नै टुट्छ’ : प्रवक्ता तिलकराम शर्मा

‘न सरकार परिवर्तन हुन्छ‚न त गठबन्धन नै टुट्छ’ : प्रवक्ता तिलकराम शर्मा

  • 2.6K
    SHARES

  • ‘न सरकार परिवर्तन हुन्छ‚न त गठबन्धन नै टुट्छ’ : प्रवक्ता तिलकराम शर्मा

    बुटवल,माघ २० । 

    लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले हल्लाका भरमा नेकपा माओवादी केन्द्र नेतृत्वको सरकार परिवर्तन नहुने बताएका छन् । उनले  गठबन्धन सरकार अहिले परिवर्तन हुने अवस्थामा नभएको ठोकुवा गरे ।

    फागुनमा सत्ता परिवर्तन हुने हल्ला चले पनि त्यो सत्य नभएको बताए । ‘हामीले बनाएको गठबन्धन होइन, यो राष्ट्रिय आवश्यकताले बनेको गठबन्धन हो । अहिले नै सरकार परिवर्तन हुँदैन‚’ उनले भने ।

    मन्त्री शर्माले केन्द्रीय सरकारदेखि प्रदेशका सबै सरकार गठबन्धनको सहमतिमा बनेकाले लुम्बनी प्रदेश सरकारमात्रै परिवर्तन गर्नुपर्ने आवश्यकता नरहेको उल्लेख गरे ।

    ‘कुनै व्यक्तिको चाहना र इच्छा हुँदैमा न सरकार परिवर्तन हुन्छ‚ न त गठबन्धन टुट्छ‚’ रिपोर्टर्स क्लवले बुटवलमा गरेको साक्षात्कार कार्यक्रममा भने ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology