Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

जेठ ४ मा स्थानीय चुनाव गर्न निर्वाचनआयोगद्वारा सरकारलाई सुझाव

जेठ ४ मा स्थानीय चुनाव गर्न निर्वाचनआयोगद्वारा सरकारलाई सुझाव

  • 2.0K
    SHARES

  • जेठ ४ मा स्थानीय चुनाव गर्न निर्वाचनआयोगद्वारा सरकारलाई सुझाव

    बुटवल,माघ १८ ।

    निर्वाचन आयोगले २०७९  जेठ ४ गते बुधबार दिन स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव पेस गरेको छ । मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचन आयोगले  ६ पृष्ठ लामो प्रस्ताव पेस गरेका हो ।

    २०७४ वैशाख ३१ गते, असार १४ गते र असोज २ गते गरी तीन चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको पदावधि नेपालको संविधान बमोजिम २०७९ जेठ ५ मा समाप्त हुने भएकाले सो अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार र आयोगको संवैधानिक एवम् कानुनी दायित्व भएको आयोगले सरकारलाई स्मरण गराएको छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ को उपदफा (१) बमोजिम जेठ ४ गते निर्वाचनको मिति तोक्न आयोगको सरकारलाई सुझाव छ ।

    स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि कानुन बमोजिम आयोगलाई सामान्यतया १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भए पनि आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आयोगले मतदाता नामावली सङ्कलन, मतदानस्थलहरुको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका अन्य कार्यहरू निरन्तर गरिरहेकोले आयोगले प्रस्ताव गरेअनुसार निर्वाचनको मिति तोकिएमा स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आफूहरू तयारी अवस्थामा रहेको पनि आयोगको भनाइ छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology