Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनीमा १८ वर्षमाथिका  ६२ प्रतिशतले लगाए कोभिड विरुद्धको पूर्णमात्रा खोप

लुम्बिनीमा १८ वर्षमाथिका  ६२ प्रतिशतले लगाए कोभिड विरुद्धको पूर्णमात्रा खोप

  • 2.0K
    SHARES

  • लुम्बिनीमा १८ वर्षमाथिका  ६२ प्रतिशतले लगाए कोभिड विरुद्धको पूर्णमात्रा खोप

    बुटवल, माघ १७ ।

    लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या बढेको छ । १८ वर्षमाथिका ६२ प्रतिशत नागरिकले खाेपको पूर्ण मात्रा लगाएका छन् ।

    लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशमा लक्षित जनसंख्यामध्ये ८४ प्रतिशतले खोपको पहिलो मात्रा र २९ प्रतिशतले खोपको थप मात्रा (बुस्टर डोज) लगाएका हुन् ।

    प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका अनुसार प्रदेशभर २४ लाख २६ हजार ६ सय ८० जनाले पूर्ण र ३२ लाख ७३ हजार ३ सय ३९ जनाले पहिलो मात्रा खोप र ४५ हजार ४ सय ५० जनाले थप कोभिड विरुद्धको खोप लगाएका छन् ।

    प्रदेशमा १२ वर्षमाथिका बालबालिकाका लागि करिब ११ लाख चार हजार ३ सय ५२ खोप आवश्यक रहेको मन्त्रायले जनाएको छ । त्यसमध्ये प्रदेशका विभिन्न जिल्ला तथा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रहरुमा १० लाख ८३ हजार ४ सय ७७ डोज भ्याक्सिन स्टक रहेको स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन कौशलकुमार भण्डारीले बताए ।

    मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रदेशभर अभियान जारी रहेको जानकारी दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology