Logo बिहिवार, आश्विन १ गते २०८३
images

विद्यालय सञ्चालन गरेर भौतिकरुपमै पठनपाठन गर्न दिन प्याब्सन रुपन्देहीको माग

विद्यालय सञ्चालन गरेर भौतिकरुपमै पठनपाठन गर्न दिन प्याब्सन रुपन्देहीको माग

  • 2.5K
    SHARES

  • विद्यालय सञ्चालन गरेर भौतिकरुपमै पठनपाठन गर्न दिन प्याब्सन रुपन्देहीको माग

    बुटवल,माघ १३ ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले विद्यालय सञ्चालनको वातावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेको छ ।

    प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय पनि खुल्न दिएर भौतिकरुपमै पठनपाठन हुने व्यवस्थाका लागि सरोकारवालासँग माग गरेका हुन् ।

    ‘एसईई र वार्षिक परीक्षा नजिकै आइरहेको सन्दर्भमा लामो समयको विद्यालय बन्दले शैक्षिक क्षेत्र अस्तव्यस्त भएको र विद्यार्थीहरुमा नकारात्मक मनोसामाजिक असर परेको हुंदा खोप लगाइसकेका विद्यार्थीलाई आलोपालो प्रणालीमा भौतिक उपस्थितिमा यथाशीघ्र कक्षा सञ्चालनको व्यवस्था गर्न आग्रह गर्दछौं’-विज्ञप्तिमा भनिएको छ–‘अनलाइन वा वैकल्पिक कक्षाले विद्यार्थीको शिक्षण सिकाइ प्रभावकारी नभएकोले भौतिक रुपमै विद्यार्थीलाई विद्यालय आउने–जाने वातावरण बनाउनु उपयुक्त देखिन्छ।’

    सबै विद्यार्थीको घरमा इन्टरनेटको उपलब्धता नभएको र विद्यार्थी तथा अभिभावकहरुसँग स्मार्ट मोबाइल, ल्यापटप पर्याप्त नभएका कारणले बैकल्पिक माध्यमबाट अनलाइन कक्षा सञ्चालनको प्रयास प्रभावकारी र उपलब्धिमूलक नदेखिएको विज्ञप्तिमा उल्लेख छ ।

    खोपको व्यवस्था गर्नसमेत माग :

    ananta ram pabsion.jpgविज्ञप्तिमा १२ देखि १७ वर्ष उमेर समूहका सबै विद्यार्थीलाई यथाशीघ्र खोप लगाउन र पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि पनि खोपको व्यवस्था गर्नसमेत माग गरिएको छ ।

    प्याब्सनले यथाशक्य चाँडो पाँच वर्षदेखि ११ वर्षसम्मको बालबालिकाको लागि खोपको व्यवस्था गर्न र शिक्षक तथा कर्मचारीका लागि बुस्टर डोजको व्यवस्था गर्न पनि माग गरेको छ ।

    अनलाइन कक्षाका नाममा बालबालिकाहरु गेम र च्याटमा व्यस्त भएका गुनासा अभिभावकहरुबाट आइरहेको र मनोसामाजिक, मनोसांस्कृतिक हिसाबले विचलन आउन सक्ने जोखिममा भएकाले निर्वाध रुपमा विद्यालय सञ्चालन गर्नु उचित हुने विज्ञप्तिमा उल्लेख छ ।

    रुपन्देही प्याब्सनमा करिब २ सय ५० विद्यालय आवद्ध छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology