बुटवल,माघ ११।
पछिल्लो २४ घण्टामा १२००८ जनामा कोरोना पुष्टि भएको छ। सोही अवधिमा ८ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार १०३ नमुनाको पीसीआर परीक्षण गर्दा नौ हजार ४३२ र सात हजार ८०६ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार ५७६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा तीन हजार ४० जना संक्रमणमुक्त भएका छन् । हाल देशभरमा ८८ हजार ९३४ सक्रिय संक्रमित छन् ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ४५ हजार ६३४ पुगेको छ । मंगलबार थप आठजनासहित मृत्यु हुनेको कूल संख्या ११ हजार ६६७ पुगेको छ भने ८ लाख २७ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितमध्ये ८७ हजार ११७ जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ८१७ जना संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये २४५ जना आईसीयू र ४४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १८४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५१३ जना कोरोना संक्रमित थपिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)