Logo बिहिवार, आश्विन १ गते २०८३
images

कोरोनाको महामारी पुनः बढेपछि एमालेका सबै कार्यक्रम स्थगित

कोरोनाको महामारी पुनः बढेपछि एमालेका सबै कार्यक्रम स्थगित

  • 2.2K
    SHARES

  • कोरोनाको महामारी पुनः बढेपछि  एमालेका सबै कार्यक्रम स्थगित

    बुटवल,माघ ५ । 

    कोरोना भाइरसको महामारी पुनः बढेपछि नेकपा एमालेले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ ।

    एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई आज पत्राचार गर्दै कोभिड-१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय सञ्चालन गर्न आग्रह गरेका छन् ।

    पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाई आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारी विरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ ।

    एमालेले यही माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना अघि सारेकामा ती प्रभावित भएका छन् । गत पुस २३ गते हुन नसकेका जिल्ला अधिवेशनहरु करीब २० जिल्लाको अधिवेशन पनि पर सरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology