Logo मंगलवार, श्रावण १२ गते २०८३
images

माघीको उपलक्ष्यमा लुम्बिनी प्रदेश सरकारले दियो दुई दिन सार्वजनिक बिदा

माघीको उपलक्ष्यमा लुम्बिनी प्रदेश सरकारले दियो दुई दिन सार्वजनिक बिदा

  • 6.0K
    SHARES

  • माघीको उपलक्ष्यमा लुम्बिनी प्रदेश सरकारले दियो दुई दिन सार्वजनिक बिदा

    बुटवल,पुस ३० ।

    लुम्बिनी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।  माघे संक्रान्ती र माघीको अवसरमा लुम्बिनी प्रदेश सरकारले दुई दिन सार्वजनिक बिदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएको हो ।

    प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि थारु र मगर समुदायको महान् पर्व माघे संक्रान्ति र माघीको उपलक्ष्यमा
    प्रदेश सरकारको तर्फबाट माघ १ र २ गते प्रदेशभर सार्वजनिक बिदा दिदै आएको स्मरण गर्दै यश बर्ष पनि सो बिदालाई निरन्तरता दिइएको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनाएको छ ।

    बिगतका दिनमा प्रदेश सरकारको तर्फबाट पौष अन्तिम दिन अर्थात यस वर्ष पौष ३० गते प्रदेश सरकारको तर्फबाट साँस्कृतिक झाँकीसहित माघे संक्रान्ति एवं माघी मिलन कार्यक्रम आयोजना गरिएकोमा यस पटक कोभिड १९ को तेस्रो लहर ओमिक्रोनको महामारीको कारणले गर्दा सो कार्यक्रम स्थगित गरिएको मुख्यमन्त्री कुलप्रसाद केसीका प्रेस संयोजक मानसिंह बिकले नागरिक अनलाइलाइ जानकारी दिए ।bidaa.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology