बुटवल,पुस २८ ।
बुटवल उपमहानगरपालिका वडा न ९ को आयोजनामा दाेस्राे मेयर कप खुल्ला रेटिङ चेस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको बुटवल उपमहानगर पालिकाका मेयर शिबराज सुबेदीले उद्घाटन गर्दै बुटवल नगरी खेलकुदको बिकासमा अग्रणी रहेको बताए । उनले बुटवलमा ३९ वटा खेल मैदान तथा कोर्डहरु निर्माण भैरहेको बताए ।
बुटवल ९ का वडाध्यक्ष बिष्णु थापाको अध्यक्षातामा भएको उद्घाटन समारोहमा जनप्रतिनिधि शिब अधिकारी,मदन भण्डारी स्पोर्ट एकेडेमीका अध्यक्ष ध्रुब आचार्य,कार्यक्रम संयोजक तथा बुटवल ९ का वडा सदस्य बिजय गुरुङ,स्कोलर्स होमका प्राचार्य बाबुराम बन्जाडे ,कार्यपालिका सदस्य बिमला श्रेष्ठ लगायतले बोलेका थिए ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुलनाराका साथ बुटवल वडा नं ९ र विश्वशान्ती युवा क्लबको सहकार्यमा प्रतियोगिता शुरु भएको हो । स्कोलर्स होममा भैरहेको प्रतियोगिता संचालनका लागि ४ लाख ७५ हजार खर्च अनुमान गरिएको छ ।प्रतियोगितामा क्रमश २५ हजार,१५ हजार र १० हजार पुरस्कार राखिएको छ भने खेलमा १८ जनालाई पुरस्कार दिईने छ ।
खेलका लागि बुटवल उपमहानगरपालिका र वडा न ९ ले १-१ लाख तथा अन्य सहयोगीले आर्थिक सहयोग गरेका थिए । देशभरबाट करिब ८० बिद्यार्थी-खेलाडी सहभागि भएको प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ । गतसाल फागुन १४ गते प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता भएको थियो ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)