Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता शुरु,७० खेलाडी सहभागि

प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता शुरु,७० खेलाडी सहभागि

  • 3.4K
    SHARES

  • प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता शुरु,७० खेलाडी सहभागि

    बुटवल,फागुन १४ ।

    बुटवल उपमहानगरपालिका वडा न ९ को आयोजनामा प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता शुरु  भएको छ ।

    प्रतियोगिताको बुटवल उपमहानगर पालिकाका मेयर शिबराज सुबेदीले उद्घाटन गर्दै बुटवल नगरी खेलकुदको बिकासमा अग्रणी रहेको बताए  ।उनले बुटवलमा ३९ वटा खेल मैदान तथा कोर्डहरु निर्माण भैरहेको बताए ।

    प्रतियोगितामा देशभरबाट ७० बिद्यार्थी खेलाडी सहभागि भएको प्रतियोगिता फागुन १६ गतेसम्म चल्ने कार्यक्रम संयोजक तथा बुटवल ९ का वडा सदस्य बिजय गुरुङले बताउनुभयो ।

    स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागी खेलकुद  भन्ने मुलनाराका साथ बुटवल वडा नं ९ र विश्वशान्ती युवा क्लबको सहकार्यमा प्रतियोगिता भएको हो । प्रतियोगिता संचालनका लागि ३ लाख २ हजार ५ सय खर्च अनुमान गरिएको छ । प्रतियोगितामा क्रमश ३० हजार,२० हजार र १० हजार पुरस्कार राखिएको उनले बताए ।

    प्रतियोगिता स्कोलर्स होममा भैरहेको छ । सो अबसरमा नगर खेलकुद बिकास समिति अध्यक्ष नन्दु काउचा,स्कोलर्स होमका सहायक प्राचार्य टिकाराम गौतम,अन्तर्राष्ट्रिय चेस खेलाडी रूपेश जयसवाल ,कार्यपालिका सदस्य बिमला श्रेष्ठ,कार्यक्रम संयोजक तथा वडा न ९ सदस्य  बिजय गुरूङ लगायतले बोलेका थिए ।

    बुटवल वडा न ९ को आयोजनामा प्रथम बुटवल खुल्ला चेस प्रतियोगिता हुने

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology