Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङ देउखुरीको सिसहनियाँमा बस दुर्घटना,९ महिने शिशु नानु आलमको मृत्यु

दाङ देउखुरीको सिसहनियाँमा बस दुर्घटना,९ महिने शिशु नानु आलमको मृत्यु

  • 1.2K
    SHARES

  • दाङ देउखुरीको सिसहनियाँमा बस दुर्घटना,९ महिने शिशु नानु आलमको मृत्यु

    बुटवल,पुस २६ ।

    दाङ देउखुरीको सिसहनियाँमा बस दुर्घटना हुँदा ९ महिने शिशुको मुत्यु भएको छ । वीरगञ्जदेखि सुर्खेत जाँदै गरेको बस दुर्घटनामा परको हाे । 

    ना ५ ख २०६ नम्बरको बस आज बिहान साढे ३ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ५ दोलही खोला नजिक दुर्घटना भएको थियो। बसमा २० जना यात्रु सवार थिए ।प्रहरीका अनुसार बस अनियन्त्रित भएर २० मिटर तल पुगेको छ ।

    गम्भीर घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार भारतीय नागरिक असिर आलमका छोरा नानु आलमको मृत्यु भएको हो । शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ ।

    बसमा सवार ८ जना घाइते छन् । घाइते हुनेमा पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका-१६ का ३५ वर्षीय रतन शाही, रौतहटका ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहारका ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेतको भेरीगंगाका १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् ।

    त्यस्तै बर्दिया गेरुवा गाउँपालिका-१ का ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका-१८ का ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका-७ का ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् ।

    घाइते सबैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ ।  बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology