Logo बुधवार, कार्तिक १२ गते २०८३
images

एमालेको गुल्मीको अध्यक्षमा बालसिंह र सचिवमा श्रीपाली निर्विरोध चयन

एमालेको गुल्मीको अध्यक्षमा बालसिंह र सचिवमा श्रीपाली निर्विरोध चयन

  • 1.4K
    SHARES

  • एमालेको गुल्मीको अध्यक्षमा बालसिंह  र सचिवमा श्रीपाली निर्विरोध चयन

    गुल्मी,पुस २५ ।

    नेकपा एमाले गुल्मीको अध्यक्षमा बालसिंह काउछा र सचिवमा गणेश श्रीपाली निर्विरोध निर्वाचित भएका छन् ।

    जिल्ला सदरमुकाम तम्घासमा जारी ११ औं जिल्ला अबिधेशनबाट अध्यक्षमा काउछा र सचिवमा श्रीपालीको मात्रै उम्मेदवारी परेकाले र्निविरोध भएका हुन् । शुक्रबार सुरु भएको जिल्ला अधिबेशनमा अध्यक्ष र सचिव पदमा बाहेक अरु पदमा धेरै प्रतिस्पर्धीहरुले उम्मेदवारी दिएका छन् ।

    अधिवेशनबाट आगामी ३ वर्षका लागि १ सय ५ सदस्यीय जिल्ला समिति चयन हुनेछ । जसमध्ये ५ जनाको पदाधिकारी हुनेछ । जिल्ला समितिमा ३३ प्रतिशत महिला हुनेछन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology