बुटवल,पुस २४।
नेकपा एमाले पाल्पाको अध्यक्षमा धनेन्द्रराज घिमिरे चयन भएका छन् । नवौं जिल्ला अधिवेशनबाट घिमिरे सर्वसम्मत चयन भएका निर्वाचन समितिले जनाएको छ ।
जिल्ला अध्यक्षका लागि पाल्पाका वर्तमान अध्यक्ष नारायण आचार्य, पूर्वजिल्ला अध्यक्ष देवीप्रसाद बस्याल, संविधानसभा सदस्य नारायणी शर्मा घिमिरे, जिल्ला उपाध्यक्ष मोहन थापा मगर र जिल्ला सचिव ओमबहादुर घर्ती मगर आकांक्षी थिए ।
जिल्ला कमिटीको उपाध्यक्षमा देविलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएका छन् । जिल्ला अधिवेशनले १०५ सदस्यीय जिल्ला कमिटीसमेत चयन गरेको छ ।
उनीहरुबीच सहमति नजुटेपछि केन्द्रीय लेखा आयोगका पूर्वसदस्य रहेका पुराना नेता घिमिरेलाई अध्यक्ष बनाइएको हाे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)