बुटवल,पुस २४।
नेकपा (एमाले) दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध चयन भएका छन् । १३औं जिल्ला अधिवेशनले बस्नेतलाई सर्वसम्मत चयन गरेको हो ।
अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन भएका हुन् ।एमालेको शुक्रबार रातिसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको थियो ।
जिल्ला कमिटी उपाध्यक्षमा राममणि पाण्डे चयन, सचिवमा मनोहर बुढाथोकी, उप-सचिवमा कृष्ण भुसाल र हिरादेवि पुनसहित १२१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)