Logo बिहिवार, आश्विन १ गते २०८३
images

पाल्पाको तिनाउ गाँउपालिका २ मा युवा उद्यमी तथा टोल बिकास संस्थालाइ सम्मान

पाल्पाको तिनाउ गाँउपालिका २ मा युवा उद्यमी तथा टोल बिकास संस्थालाइ सम्मान

  • 4.2K
    SHARES

  • पाल्पाको तिनाउ  गाँउपालिका २ मा  युवा उद्यमी तथा टोल बिकास संस्थालाइ सम्मान

    बुटवल,पुस २२ ।

    पाल्पाको तिनाउ गांउपालिका वडा न. २ ले युवा उद्यमी तथा टोल बिकास संस्थालाइ सम्मान गरेको छ । वडा न २ को कार्यालयमा एक समारोहका बिच तिनाउका १५० युवा उद्यमी तथा ८ वटा टोल बिकास संस्थालाइ दोसल्ला, करूवा ,प्रशंसापत्रसहित सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।

    सो अबसरमा टोलबिकास संस्थालाई डस्टबिन १३५सेट, स्टेचर ६ थान तथा खेलकुद सामाग्री समेत बितरण गरिएको थियो । वडाध्यक्ष राजेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रदेश सांसद तुलाराम घर्तीमगरले नागरिक  उद्यमशील बन्नु नै देश समृद्ध बन्नुको सुचक भएको भन्दै जागिर गर्नुभन्दा उद्यमी बन्नुपर्नेमा जोड  दिए ।

    पाल्पामै पहिलो पटक आफुहरुले नयाँ र नमुना कामको शुरुवात गर्न प्रोत्साहन स्वरुप टिप्पर ब्यबसायी तथा अन्य उद्यमी र टोल बिकास संस्थालाइ सम्मान गरिएको वडाअध्यक्ष राजेश श्रेष्ठले बताए ।samman.jpg

    कार्यक्रममा गांउपालिका उपाध्यक्ष दयमन्ती थापा, कार्यकारी अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, कार्यपालिका सदस्य रितु श्रेष्ठ,टोलबिकास संस्थाका तर्फबाट मोतिलाल बिक,टीप्पर ब्यबसायी अरबिन्द पाण्डे,उद्यमीका तर्फबाट रिताकुमारी भट्टराइ,ठाकुर कुवर लगायतले बोल्दै गांउपालिका भैरहेका सकारात्मक कामहरुको प्रशंसा गरेका थिए ।

    सो अवसरमा पत्रकारहरु बिश्वास ढकाल,भुवन कार्की,कपिल ज्ञवाली ,एनबि कडेंल र सुनिल कार्कीलाइ गांउपालिकाले सम्मान गरेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology