Logo बुधवार, कार्तिक १२ गते २०८३
images

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को प्रमुखमा बुटवलका यदुलाल खरेल नियुक्त

राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को प्रमुखमा बुटवलका यदुलाल खरेल नियुक्त

  • 4.8K
    SHARES

  • राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को प्रमुखमा बुटवलका यदुलाल खरेल नियुक्त

    बुटवल,पुस २१ ।

     राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) को प्रमुखमा यदुलाल खरेल नियुक्त भएका छन् । 

    बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक (एआईजी) खरेललाई मुख्य अनुसन्धान निर्देशकमा नियुक्ति गर्ने निर्णय गरेको हाे ।

    राष्ट्रिय अनुसन्धान विभागको प्रमुख बन्न यदुलाल खरेल र यादव रेग्मी प्रतिस्पर्धामा थिए । वरीयतामा यदुलाल खरेल रेग्मीभन्दा ४ महिना सिनियर थिए । मन्त्रिपरिषद्ले वरीयता अनुसार खरेललाई नियुक्त गरेको छ । 

    उनी बुटवल- १२ रुपन्देहीका स्थानीय हुन् ।

    विभागको अहिलेका प्रमुख गणेश अधिकारी बिहीबारबाट अवकाशमा जाँदैछन् । मुख्य अनुसन्धान निर्देशकको ३ वर्षे पदावधिका कारण अधिकारीले अवकाश पाएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुस २३ मा दिलीप रेग्मीलाई हटाएर अधिकारीलाई मुख्य अनुसन्धान निर्देशक नियुक्त गरेका थिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology