Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी सकियो,३० करोड कारोबार,८ लाख दर्शक !

बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी सकियो,३० करोड कारोबार,८ लाख दर्शक !

  • 4.8K
    SHARES

  • बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी सकियो,३० करोड कारोबार,८  लाख दर्शक !

    बुटवल,पुस २० ।

    स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला ३० करोड कारोबार गर्दै मंगलबार समापन भएको छ ।

    कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सव हुन नसकेको अवस्थामा पुस ८ गतेदेखि २० गतेसम्म सञ्चालन भएको मेला अवधिभर ८ लाख दर्शकले अवलोकन गरेका आयोजकले जनाएका छन् ।mela.jpg

    समापन समारोहमा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रीय अध्यक्ष श्यामबहादुर पाठकले कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको हुंदा सरकारले उद्योगी व्यवसायीलाई राहत दिनुपर्ने बताए । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका लुम्बिनी प्रदेश अध्यक्ष खिमनारायण पराजुलीले पराधीन अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भर बनाउन राष्ट्रिय पुंजीमार्फत औद्योगिकरण र ब्यापार विविधिकरणमा सरकार र निजी क्षेत्रको ध्यान जानुपर्ने बताए ।

    आयोजक उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष गोबिन्दराज गैरेले चुनौतिपूर्ण अवस्थामा मेला सफलतापुर्वक सम्पन्न भएको र ५ लाख दर्शकको लक्ष्य राखिएकोमा ८ लाख भन्दा बढी दर्शकले अवलोकन गरेका र ३० करोड रुपैयां बढीको कारोबार भएको बताए ।

    मेलामा स्वदेशी र विदेशी उत्पादनका ४ सय ७० स्टल रहेका थिए । मेला समापनका अवसरमा मेलाका उपसमिति संयोजकहरु, उत्कृष्ट स्टल, सहयोगी संघ संस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

    साे अवसरमा बुटवल–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्री,नेकपा माओवादी केन्द्र रुपन्देही संयोजक निर्मल जीसी,नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे,नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलम,  बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजू, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल  लगायतले ब्यापार मेलाबाट बचेको रकमको केही अंश बुटवलको विकास र सामाजिक काममा लगानी गर्न सुझाव दिए ।

    समापन समारोहमा संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डे,वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थी, संघका महासचिव पदम जीसीले सबैको सहयोग, सुझावबाट मेला सोंचे भन्दा उत्कृष्ट र सफल भएको बताए ।mela 20.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology