Logo बिहिवार, कार्तिक १३ गते २०८३
images

रुपन्देही ब्यापार संघ अधिवेशन : सचिवमा पन्थ र सह–कोषाध्यक्ष खनाल बिजयी

रुपन्देही ब्यापार संघ अधिवेशन : सचिवमा पन्थ र सह–कोषाध्यक्ष खनाल बिजयी

  • 3.0K
    SHARES

  • रुपन्देही ब्यापार संघ अधिवेशन  : सचिवमा पन्थ र सह–कोषाध्यक्ष खनाल बिजयी

    बुटवल,पुस २० ।

    रुपन्देही ब्यापार संघको एघारौँ अधिवेशनले नयाँ नेतृत्व चुनेको छ । संघको २९ सदस्यीय कार्यसमिति मध्ये सचिव र सह कोषाध्यक्ष बाहेक अन्य सबै पदमा निर्विरोध भएको हाे ।  सचिव पदमा कृष्ण प्रसाद अर्याल, प्रेमनाथ पाण्डे र फर्सराम पन्तको उम्मेदवारी परेको थियो । फर्सुराम पन्थले २ सय ७४ मतका साथ विजयी भए भने ।

    सह–कोषाध्यक्ष पदमा  मिलन सुनार र मनिराम खनालको उम्मेदवारी परेको थियो । मणिराम खनाल ४ सय ७९ मतमा साथ विजयी भएका छन् ।

    मिलन सुनारले निर्वाचन बहिष्कार गरेर भोट नै हालेनन् । यसअघि नै  सर्वसम्मत हुनेहरुमा अध्यक्षमा कृष्ण प्रसाद घिमिरे, बरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम  उपाध्यक्षमा प्रकाश ढकाल,द्वितीय उपाध्यक्षमा दिपक प्रसाद अधिकारी, कोषाध्यक्षमा नामदेव पाण्डे र सह सचिवमा ऋषिराम पाण्डे रहेका छन् । त्यस्तै २६ खुला सदस्य ४ शाखा सदस्य पनि निर्विरोध  थिए  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology