Logo बुधवार, कार्तिक १२ गते २०८३
images

सुनचाँदी व्यवसायीद्वारा रुपन्देही ब्यापार संघको निर्वाचन बहिष्कार !

सुनचाँदी व्यवसायीद्वारा रुपन्देही ब्यापार संघको निर्वाचन बहिष्कार !

  • 2.8K
    SHARES

  • सुनचाँदी व्यवसायीद्वारा रुपन्देही ब्यापार संघको निर्वाचन बहिष्कार !

    बुटवल,पुस २० ।

    रुपन्देही ब्यापार संघको एघारौ अधिवेशनबाट नयाँ कार्यसमितिका लागि भएको निर्वाचनलाई संघमा आवद्ध सुनचाँदी व्यवसायी सदस्यहरुले बहिष्कार गरेका छन् । ब्यापार संघ अन्र्तगतको सुनचाँदी वस्तुगत समितिले बैठकद्वारा निर्णय नै गरी बहिष्कार गर्ने निर्णय गरेको हो ।

    निर्वाचनमा सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका मिलन सुनारलाई पुर्व अध्यक्षहरुको समुहले धोका दिएको भन्दै संघमा आवद्ध सम्पुर्ण सुनचाँदी व्यवसायीहरुले निर्वाचन बहिष्कार गरेको सुनचाँदी बस्तुगत समितिका अध्यक्ष सरोज गहतराजले बताए ।

    सह–सचिव पदमा उम्मेदवारी दिन लागेका मिलनलाई सर्वसम्मत बनाउने आस्वासनसहित सह–कोषाध्यक्षमा उम्मेदवारी दिन लगाएको र पछि सह–कोषाध्यक्षमा मनिराम खनालको उम्मेदवारी परेपछि सर्वसम्मतका लागि कुनै पहल  तथा छलफल नै नगरी हराउने रणनीतीमा पुर्व अध्यक्षहरुलगायत पार्टीका नेताहरु नै लागेकोले आफुहरुले निर्वाचन नै बहिष्कार गरेको उनले बताए ।

    ब्यापार संघमा ९५ जना सुनचाँदी व्यवसायीहरु आवद्ध रहेकोमा कसैले पनि मतदान नगरेको उनले जानकारी दिए । यस विषयमा उम्मेदवार मिलन सुनारले आफुलाई संस्थापक अध्यक्षदेखि बर्तमान अध्यक्ष सम्मको पुर्व अध्यक्षहरुको समूहले सर्वसम्मती बनाउने नाममा सह–सचिवबाट पछि हटाई सह–कोषाध्यक्षमा उम्मेदवारी दिन लगाएर पछि हराउने रणनीतीमा लागेकाले आफु स्वंयमले समेत निर्वाचन बहिष्कार गरी भोट नहालेको बताए ।

    यस विषयमा संघमा अध्यक्ष यमलाल लोहनीले आफुहरुले कार्यसमिति सर्वसम्मती बनाउन खोजेको र त्यसमा मिलन सुनार आधिकारिक उम्मेदवार रहेको बताए । ‘हामीले कार्यसमिति नै सर्वसम्मतीमा चयन गर्न खोजेका थियौ त्यसमा हाम्रो आधिकारिक उम्मेदवार मिलन जी नै हो’ उनले भने तर निर्वाचन प्रक्रिया अनुसार अर्को साथीले पनि उम्मेदवारी दिनुभयो हामीले रोक्न त मिलेन’ तरपनि निर्वाचनमा उहाँ पराजित भएपनि मनोनित गरेर ल्याउन सक्ने प्रावधान छ । हामी वहाँलाई कार्यसमितिमै समेट्ने प्रयास गछौ ।

    संघको २९ सदस्यीय कार्यसमितिका लागि सचिव र सह कोषाध्यक्ष बाहेक अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका थिए । सचिव पदमा कृष्ण प्रसाद अर्याल, प्रेमनाथ पाण्डे र फर्सराम पन्तको उम्मेदवारी परेको थियो । जसमा आधिकारिक उम्मेदवार घोषाणा गरिएके फर्सुराम पन्थले २ सय ७४ मतका साथ विजयी भए भने ।

    सह–कोषाध्यक्ष पदमा  मिलन सुनार र मनिराम खनालको उम्मेदवारी परेको थियो । जसमा मिलन सुनार स्वंयले निर्वाचन बहिष्कार गरेर भोट नै हालेनन भने मनिराम खनाल ४ सय ७९ मतमा साथ विजयी घोषाणा भएका छन् ।

    सर्वसम्मत निर्वाचित हुनेमा अध्यक्षमा कृष्ण प्रसाद घिमिरे, बरिष्ठ उपाध्यक्षमा डिल्लीराज भण्डारी, प्रथम  उपाध्यक्षमा प्रकाश ढकाल, द्वितीय उपाध्यक्षमा दिपक प्रसाद अधिकारी, कोषाध्यक्षमा नामदेव पाण्डे र सह सचिवमा ऋषिराम पाण्डे रहेका छन् । त्यस्तै २६ खुला सदस्य ४ शाखा सदस्य पनि निर्विरोध निर्वाचित भएका थिए  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology