Logo मंगलवार, श्रावण १२ गते २०८३
images

दाङ तुलसीपुर १३ का ६५ बर्षीय वडाध्यक्ष न्यौपानेको निधन

दाङ तुलसीपुर १३ का ६५ बर्षीय वडाध्यक्ष न्यौपानेको निधन

  • 4.5K
    SHARES

  • दाङ तुलसीपुर १३ का ६५ बर्षीय वडाध्यक्ष न्यौपानेको निधन

    तुलसीपुर,असोज २३ ।

    दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको असमायीक निधन भएको छ । ६५ बर्षीय न्यौंपानेको शुक्रवार विहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

    निमुनिया भएको आशंकामा उनलाई परिवारका सदस्यले  गाडीमा राखेर तुलसीपुरस्थित राप्ती प्रादेशकि अस्पताल ल्याउँदै गर्दा उनका बाटोमै मृत्यु भएको छोरा पोषण न्यौंपानेले  जानकारी दिए ।  

    छोरा न्यौंपानेका अनुसार उनका बुवालाई विगत केही दिनदेखि सामान्ने खोकी लागेको भएपनि अन्य कुनै समस्या थिएन । सामान्ने खोकी देखिएपछि तीन चार दिन अगाडि  तुलसीपुरस्थित सिटी हस्पिटलबाट सामान्ने उपचार पछि घरमै बसेर वडाध्यक्ष न्यौंपानेले आराम गर्दै आएका थिए ।

    शुक्रवार विहान अलि अप्ठेरो हुन थालेपछि बुवालाई गाडीमा राखेर तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको छोरा पोषणले जानकारी दिए । स्थानीयका बीच निकै लोकप्रिय वडाध्यक्ष न्यौंपाने गत  स्थानीय निर्वाचनमा न्यौंपाने नेपाली काँग्रेसवाट निर्वाचित भएका थिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शुक्रवार, आश्विन २३ २०७७१२:४७:०९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology